coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

क्वालिफायर प्रवेशका लागि भैरहवा र चितवनबीच प्रतिस्पर्धा हुँदै

काठमाडौं – राजधानीमा जारी एभरेष्ट प्रिमियर लिग (इपिएल) को इलिमिनेटरमा बुधवार भैरहवा ग्लाडीयटर्स र चितवन टाइगर्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने खेल दिउँसो १२ः४५ मा सुरु हुनेछ।

भैरहवा लिगमा तेस्रो र चितवन चौथो स्थानमा रहेका थिए। भैरहवाले ५ खेलमध्ये ३ मा जित र २ मा हार ब्यहोर्दै ६ अंक बटुलेको थियो। जारी इपिएलमा भैरहवा र चितवन दोस्रो पटक आमने सामने हुँदैछन्। लिग चरणमा भैरहवाले चितवनलाई १२ रनले पराजित गरेको थियो। त्यसैले चितवनसामु सोही हारको बदला लिने सुनौलो अवसर रहेको छ।

भैरहवा भने चितवनलाई दोस्रो पटक हराउने दाउमा छ। प्लेअफ सम्मको यात्रा तय गर्ने क्रममा भैरहवाले पोखरा राइनोजलाई ४ विकेटले पराजित गर्दा २ सय १६ रनको लक्ष्य पूरा गरेको थियो। त्यस्तै भैरवहाले विराटनगर वारियर्सलाई पनि ४ विकेटलेनै हराएको थियो। भैरहवाले काठमाडौं र ललितपुरसँग भने हार ब्यहोरेको थियो।

चितवनको भने लिग चरणको यात्रा रोमाञ्चक बनेको थियो। सुरुवातका ३ खेलमा लगातार हार ब्यहोरेपनि अन्तिम २ खेलमा जित हात पार्दै चितवन खेलमा फर्किएको थियो। विराटनगर लिगको अन्तिम खेलमा काठमाडौंसँग पराजित भएपछि रन रेटका आधारमा चितवन प्लेअफमा प्रवेश गरेको हो। आजको विजेता टोलीले क्वालिफायरमा स्थान बनाउनेछ। उसले फाइनल प्रवेशका लागि पहिलो क्वालिफायरमा ललितपुरसँग पराजित भएको काठमाडौंसँग खेल्नेछ।

प्रकाशित: ४ पुस २०७५ ०५:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App