६ वैशाख २०८१ बिहीबार
राजनीति

नेकपा बैठक, राजनीतिक प्रस्तावमै छलफल केन्द्रीत

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जारी स्थायी कमिटी बैठकमा वुधबार पनि राजनीतिक प्रतिवेदनमा छलफल भएको छ।

आजको बैठकमा देवप्रसाद गुरुङ, रघुवीर महासेठ, भीमप्रसाद आचार्य, रघुजी पन्त, बर्षमान पुन, सुरेन्द्र पाण्डे, लेखराज भट्ट र पुष्प कँडेलले राजनीतिक प्रतिवेदनका सम्बन्धमा आआफ्नो विचार राखेका थिए।

विहान साढे ८ बजे बसेको बैठक भोली बिहान ८ बजे बस्नेगरी स्थगित भएको नेकपा महासचिव विष्णु पौडेलले जानकारी दिए।

यस अघि बैठकमा बोल्ने नेताहरुले सरकारको आलोचना गरेका थिए। मंगलबार स्थायी कमिटी बैठकमा सहभागी सदस्यहरूले सरकार र पार्टी नेतृत्वको आलोचना गर्दै राष्ट्रियता, सांगठनिक एकीकरण र सरकारबारे छुट्टै एजेन्डा बनाएर छलफल गर्न माग गरेका थिए।

स्थायी कमिटी सदस्य भीम रावलले देशका कतिपय भूभागमा प्रायोजित रूपमा शान्तिसुरक्षामा खलल पार्ने विखण्डनकारी तत्वबारे सरकार र पार्टी दुवै मौन रहेको भन्दै राष्ट्रियताका सम्बन्धमा पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले ल्याएको राजनीतिक प्रतिवेदन अपूरो रहेको बताएका छन्।

प्रकाशित: ४ पुस २०७५ ०५:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App