coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

सोलुखुम्बुको यो पुल अलपत्र

सोलुखोलामाथि बनाइएको अलपत्र पुल। तस्बिरः शिखरजंग श्रेष्ठ/नागरिक

सोलुखुम्बु – सोलुखुम्बुको कर्णाली भनेर चिनिने दुधकोशीपारिको छेस्कामबाट गाडी चल्न थाले पनि सल्लेरी छेउका बासिन्दा भने अझै पैदलै सदरमुकाम धाउन बाध्य छन्। करिब २० मिटर लामो सल्लेरी–रोशी जोड्ने पुल निर्माण पूरा नहुँदा उनीहरू यातायात सुविधाबाट वञ्चित भएका हुन्।

पुल निर्माण अलपत्र हुँदा सडक स्तरोन्नतिले प्राथमिकता नपाएको भन्दै रोशी, जैदु, कुनिखोप, डासी, भालुखोप, आरुबोट र घुन्साका बासिन्दाले गुनासो गरेका छन्। रोशीका पासाङ शेर्पाले मोटरेबल पुल व्यवस्थित नहँुदा प्रयोगविहीन बनेको गुनासो गरे।

पुल निर्माण पूरा नहँुदा दुर्घटनाको जोखिमसमेत निम्त्याएको स्थानीय बासिन्दाले बताएका छन्। पुल निर्माणको लागतबारे पनि सर्वसाधारणलाई जानकारी नगराइएको स्थानीयले गुनासो गरेका छन्। पुल निर्माणका लागि तात्कालीन जिल्ला विकास समितिको ३० लाख रुपैयाँ खर्च भएको जानकारी दिँदै मुलुककै संरचना फेरिएकाले पुल पूरा गर्न थप बजेट व्यवस्था गर्न नसकिएको जिल्ला समन्वय समितिका कर्मचारीहरू बताउँछन्। पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष छिरिङ तामाङ अहिले रोजगारीका सिलसिलामा विदेश छन्।

पुल निर्माण नसकिँदा सोलु खोलापारिका सर्वसाधारण घण्टौं हिँडेर सल्लेरी धाउनुपरेको सोलुदुधकुण्ड नगरपालिका–५ का वडाअध्यक्ष मिङमार तामाङले बताए। खोलामाथि राखिएको पुलको वारिपारि ग्याबिन जाली भर्न र सडकसँग जोड्न नगरपालिकाले चालु आर्थिक वर्षमा ३० लाख रुपैयाँ विनियोजन गरेको लेखापाल फुरी शेर्पाले जानकारी दिए। सडक निर्माणका लागि वडाअध्यक्षकै पहलमा प्राविधिकले इस्टिमेट तयार पारेको नगरपालिकाले जनाएको छ।

प्रकाशित: ४ पुस २०७५ ०१:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App