८ वैशाख २०८१ शनिबार
समाज

भिन्न–भिन्न स्थानमा तीनजना मृत फेला

काठमाडौं–काठमाडौंको दक्षिणकाली नगरपालिका–३ पाखाचोकस्थित बागमती खोलाको किनारमा बुधबार पाल्पा घर भई हाल किर्तिपुर नगरपालिका–१४ टौदह बस्ने ३७ वर्षीय पुर्णबहादुर मगर मृत अवस्थामा फेला परेका छन्।

ताप्लेजुङ फुलबारी–२ डाँडाटोल बस्ने ६० वर्षीय खडगबहादुर श्रेष्ठ बुधबार घरबाट ५ सय मिटर पश्चिम बारीमा मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ।

त्यस्तै सिराहा नगरपालिका–१५ सुखचैनास्थित दशगजाको पिलर नम्बर २६५ को पिलर भन्दा १ सय मिटर नेपालतर्फ धानको खेतमा बुधबार नाम, थर, वतन नखुलेको करीब १५ वर्षीया महिला मृत अवस्थामा फेला परेकी प्रहरीको दैनिक बुलेटिनमा उल्लेख छ।

प्रकाशित: १३ आश्विन २०७३ ०७:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App