८ वैशाख २०८१ शनिबार
अर्थ

उपभोक्ताभन्दा नाफा प्यारो

काठमाडौं- नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य घटाए पनि नाफालाई उच्च प्राथमिकता दिएको छ। उपभोक्तासँग नै व्यापार गरेर नाफा कमाउँदै आएको निगमले मूल्य समायोजनको बहाना बनाए पनि उपभोक्तालाई उच्च भार पर्ने गरी लिटरमै १३ रुपैयाँसम्म नाफा राखेको छ।
निगमले १५ दिनमै सबा ८८ करोड रुपैयाँ नाफा राखेर मंगलबार मूल्य समायोजन गरेको हो। पेट्रोल, डिजेल र मट्टीतेलमा दुई–दुई रूपैयाँ मूल्य घटाए पनि पेट्रोलमा लिटरमै १३ रुपैयाँ ७१ पैसा, डिजेल र मट्टीतेलमा ९ रुपैयाँ ८५ पैसा नाफा राखेको छ। समायोजन गरेपछि पेट्रोल लिटरको १ सय १० रुपैयाँ तथा डिजेल र मट्टीतेल ९७ रुपैयाँ कायम गरिएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले बताए।

अहिले निगमले निर्धारण गरेको मूल्यअनुसार १५ दिनमा ८८ करोड २२ लाख रुपैयाँ हुने प्रक्षेपण छ। यसलाई आधार मान्दा एक महिनामा निगमलाई एक सय ७६ अर्ब ४४ लाख रुपैयाँ नाफा हुनेछ।
समायोजन गरेको मूल्य मंगलबार राति १२ बजेटबाट कार्यान्वयनमा आएको छ। मूल्य समायोजन फर्मुला प्रयोग गरिने भएकाले मूल्य बढाउँदा र घटाउँदा एकै पटक धेरै घटबढ गर्न नपाइने निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले बताए। विगतमा तीन अर्ब ३६ करोड रुपैयाँ घाटा भएकाले पनि धेरै मूल्य समायोजन सीमा राखेको निगमको दाबी छ। उपभोक्तालाई भार पर्ने गरी मूल्य समायोजन गरेको भन्दै उपभोक्ता अधिकारकर्मीले आलोचना गरेका छन्। निगमले मूल्य बढ्दा धेरै बढाउने र घटाउँदा थोरैमात्र घटाएर उपभोक्तालाई नै मारमा पारेको उपभोक्ता अधिकारकर्मी माधव तिमल्सिनाले बताए।

प्रकाशित: ४ पुस २०७५ ०१:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App