८ वैशाख २०८१ शनिबार
अर्थ

पेट्रोल र डिजेलको मूल्य घट्यो

काठमाडौं– नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य समायोजन गरेको छ। ‘स्वतः स्वचालित मूल्य संरचना’ अनुसार इण्डियन आयल कर्पाेरेशन (आईओसी)बाट प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार निगमले मंगलवार साँझ पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ घटाएको हो। 

नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर ११० रुपैयाँ र डिजेल/मट्टितेल ९७ रुपैयाँ कायम भएको छ। हवाई इन्धन र एलपि ग्यासको मूल्य भने यथावत छ। 

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा पुनः केही कमी आएको र अमेरिकी डलरसँग नेपाली मुद्रा पनि केही बलियो भएकाले पनि मूल्य समायोजनमा सघाउ पुगेको निगमले जनाएको छ।  

निगमले यसअघि मंसिर १७ गते पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २/२ रुपैयाँ समायोजन गरेको थियो। 

प्रकाशित: ३ पुस २०७५ १५:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App