coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

ढाड भाँचिएर थला परेका बेगमलाई साढे १३ लाख सहयोग

रुकुम– रुकुम (पश्चिम)को बाँफिकोट गाउँपालिका–५ स्यार्पुका बेगम खत्रीलाई साढे १३ लाख आर्थिक सहयोग गरिएको छ। उनको अवस्थाको बारेमा विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशन भएपछि नेपालबाट विदेशका विभिन्न ठाउँमा पुगेकाहरुले आर्थिक सहयोग गरेका छन्। यहाँबाट हाल अमेरिका, कोरिया लगायतका देशमा रोजगारीको लागि गएका युवाहरुको सहयोगमा जम्मा भएको १३ लाख ४९ हजार एक सय ७२ रुपैयाँ मंगलबार बेगमलाई हस्तान्तरण गरिएको छ। 

हाल अमेरिकामा रहेका गाउँपालिका–६ मग्माका गोरखबहादुर कुसारी, हेमराज खनाल लगायको पहलमा उक्त रकम जम्मा भएको थियो। गाउँपालिका–३ का वडाध्यक्ष चन्द्रबहादुर केसी मार्फत विदेशबाट प्राप्त भएको रकमलाई गाउँपालिका अध्यक्ष धर्मबहादुर केसी र नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य बसन्त शर्माले संयुक्त रुपमा पीडित बेगमलाई हस्तान्तरण गरेका थिए। 

रकम बुझ्दै बेगमले अब आफू जतिसक्दो छिटो उपचारको लागि सुविधा सम्पन्न अस्पतालमा जाने बताएका छन्। आर्थिक अभावकै कारण आफूले उपचार गर्न नसकेपनि अब सुविधा सम्पन्न अस्पतालमा जाने उनको भनाई छ। ‘मेरो लागि सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिन चाहन्छु’, उनले भने, ‘तपाईहरुले दिएको रकमले म उपचारको लागि अस्पताल जाने छु।’ 

२०७१ सालमा भारतको सिम्लामा लडेर उनको ढाड भाँचिएको थियो। त्यसपछि उनी विगत चार वर्षदेखी ओछ्यानबाट उठ्न नसक्ने भएका छन्। बेगमको अहिले कम्मरभन्दा मुनिका कुनै पनि अंग चल्दैनन्। ‘गरिब भएकै कारण मेरो समयमा नै उपचार हुन नसकेका कारण व्हीलचेयरमै दिन वितेका छन’, उनले थपे। बेगमले दिसा पिसाब समेत आफै गर्न सक्दैनन्। कम्मरभन्दा तलका कुनै पनि अंगले काम नर्गने भएपछि उनको पिसाव नलि मार्फत जान गरेको छ भने, दिसा समेत अरुलै नै निकालिदिनु पर्ने बाध्यता रहेको छ।  

प्रकाशित: ३ पुस २०७५ १२:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App