८ वैशाख २०८१ शनिबार
कला

छोरी शिक्षित नभए देश समृद्ध बन्न सक्दैनः रेखा थापा

रौतहट– नायिका रेखा थापाले समाजमा भइरहेको विभिन्न खाले बिकृति र विसंगतिलाई अन्त्य गर्न छोरीलाई अनिवार्य शिक्षा दिन आवश्यक रहेको बताएकी छिन्। देशमा जबसम्म छोरीहरु  शिक्षित भएर आत्मनिर्भर बन्दैन, तवसम्म हाम्रो देश नेपाल सम्म समृद्ध समाज एवं समृद्ध मुलुकको कल्पना गर्न नसकिने थापाले ठोकुवा गरिन।

‘छोरीको निम्ति स्वर्णिम अभियान एवं बेटी बचाव बेटी पढाव’ कार्यक्रम अन्तर्गत मंगलवार रौतहट सदरमुकाम गौरमा राजदेवी, गौर नगरपालिका र यमुनामाई गाउँपालिकाद्धारा संयुक्त रुपमा आयोजित दुई दिने कार्यशाला गोष्ठिलाई सम्बोधन गर्दै रेखा फाउण्डेशनको अध्यक्ष समेत रहेकी थापाले छोरीमाथि हुने विभिन्न खाले अपराधिक गतिविधिको प्रमुख कारण अशिक्षा एवं आत्मरक्षाको क्षमता चेलीहरुलाई नभएका कारण यस्ता अपराधहरु बढेकोमा चिन्ता व्यक्त गरेकी छिन्।

‘छोरीको निम्ति स्वर्णिम नेपाल महाअभियान संकल्प’ अभियान ‘बेटी बचाउ बेटी पढाउ, लैगिंक हिंसा अन्त्य गरौं, समाजिक कुरीति बन्द गरौं’ भन्ने नारासहित स्वर्णिम नेपालको महा अभियानलाई रेखा फाउण्डेशनद्धारा रौतहट जिल्लामा बाल विवाहको अन्त्य, समाजिक विभेद, छोरीलाई साक्षर बनाउने जस्ता कार्यक्रममार्फत रौतहटमा भइरहेको विभिन्न कुरितीलाई अन्त्य गर्ने उद्देश्यले आफू आएको बताइन।

देशमा ५१ प्रतिशत महिलाको संख्या भएपनि उलेख्य मात्रामा साक्षर छैन, निरक्षर छन, राज्यले यहाका ४९ प्रतिशत पुरुषलाई साक्षर बनाएको कारण देश समृद्ध हुन नसकेको भन्दै थापाले नेपालमा छोरीलाई आत्मनिर्भर बनाउन अभिभावकले छोरासरह शिक्षा दिन आग्रह गरिन। 

आत्मनिर्भर, आत्मरक्षाको लागि चेलीलाई ट्रेन्ड बनाउनका लागि सबैभन्दा पछि डाँडु पन्यु दिनुभन्दा पहिला हातमा कलम र किताव दिई विद्यालयको अध्ययनमा पठाएर आत्मनिर्भर बनाए मात्रै छोरीमाथिको हिंसा न्यूनिकरण हुने उनको भनाई छ।  

नायिका थापाले छोरी शिक्षित भएमा परिवार सुखी हुनुका साथै घरपरिवार शिक्षित भई बाल विवाहको अन्त्य हुने एवं परम्परागत सोचबाट बाहिर निस्किदा शिक्षित समाज बन्न सक्ने उनले स्पष्ट पारिन।

मानव सूचकांकमा प्रदेश २ को स्थान सबैभन्दा पछाडी परेको र त्यसमा पनि रौतहट जिल्ला अझ तल रहेको अवस्थामा यहाँ भइरहेको बालविवाह, छोरीमाथि गरिने हिंसालाई बन्द गर्नका लागि छोरीको निम्ति स्वर्णिम अभियान, बेटी बचाव बेटी पढाव सम्बन्धि संकल्प पत्र आजबाट परोहा नगरपालिकाको लौकाहामा आरम्भ भएको छ, यसलाई प्रभावकारी बनाउन सवैको सहयोग भएमा मात्रै सम्भव रहेको बताउँदै नायिका थापाले सबैसित सकारात्मक सहयोगको अपेक्षा गरिन।

स्वर्णिम नेपालले अभियानको रुपमा कार्यक्रमहरु संचालन गरेर अभिभावकहरुलाई आ आफ्ना छोरीको उज्जवल भविष्य बनाउनका लागि शिक्षित बनाएर बालविवाह जस्ता कुरीतिहरुलाई अन्त्य गर्न समेत जनचेतनामुलक कार्यक्रम संचालन गराइएको स्पष्ट पार्दै थापाले महिला र पुरुषबीचको विभेदलाई अन्त्य गरेमा मात्रै छोरीहरु आत्मनिर्भर भई आफनो अधिकार प्रति सजग हुन जरुरी रहेको बताइन।

छोरी जन्मेपछि बा आमाको घरमा १५÷१६ बर्ष सम्म बस्छन त्यसपछि कलिलै उमेरमा विहे गरी श्रीमानको घरमा पठाएर घरपरिवारको बोझ उठाउँदा उनीको जीवन अन्धकारमय ढंगबाट वित्ने गरकोले छोरीको पीडा सबैले बुझन जरुरी रहेको बताइन। 

कार्यक्रममा गौर नगरका अजयगुप्ता, राजदेवी नगरका मेयर धिरेन्द्र सिह, यमुनामाई गाउपालिका अध्यक्ष श्रीप्रसाद मुखिया, उप मेयर द्धय किरण ठाकुर, अंशु सिंह लगायतका जनप्रतिनिधिहरुले स्थानीय तहमा वेटी बचाउ वेटी पढाउको अभियानलाई सफल बनाई छोरीलाई आत्मनिर्भर बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।

प्रकाशित: ३ पुस २०७५ १२:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App