७ वैशाख २०८१ शुक्रबार
खेल

एपिएफसँग मछिन्द्र स्तब्ध, ९ खेलमा मछिन्द्रको पहिलो गोल

तस्बिर साैजन्य : गाेलनेपाल डटकम

काठमाडौं – पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिगमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफले चौंथो जित दर्ता गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार सम्पन्न पहिलो खेलमा मछिन्द्र क्लबलाई ३–१ ले पराजित गर्दै महत्वपूर्ण ३ अंक जोडेको छ।

एपिएफको जितमा आशिष लामा, युवराज खड्का र रुपबहादुर लामाले गोल गरे। पराजित मछिन्द्रका लागि विदेशी खेलाडी अल्बा एडिमोलाले एक गोल फर्काए। खेलको चौंथो मिनेटमा आशिषको गोलमा एपिएफलाई सुरुवाती अग्रता लिएको थियो।

११ औं मिनेटमा श्यामकुमार नेपालीको पासमा युवराजले हेड गोल गर्दै एपिएफको अग्रता दोब्बर पारे। तर, ३४ औ मिनेटमा मछिन्द्रका अल्बा एडिमोलाले गोल गर्दै अन्तर कम गरेका थिए। जारी लिगमा मछिन्द्रको यो पहिलो गोल हो। ९ खेलमा आएर मछिन्द्रले गोलको खाता खोलेको हो।

पहिलो हाफमा २–१ को अग्रता लिएको एपिएफका लागि ८९ औं मिनेटमा रुपबहादुरले गोल गर्दै एपिएफलाई सहज जित दिलाए। खेलको ‘म्यान अफ दि म्याच’ एपिएफका राजेन्द्र रावल घोषित भए। जितसँगै ९ खेलबाट १३ अंक जोडेको एपिएफ तालिकाको आठौं स्थानमा उक्लिएको छ। मछिन्द्र ३ अंक सहित तालिकाको १३ औं स्थानमा छ।

प्रकाशित: ३ पुस २०७५ ०८:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App