८ वैशाख २०८१ शनिबार
खेल

एभरेष्ट प्रिमियर लिग : फाइनल प्रवेशका लागि ललितपुर र काठमाडौं भिड्दै

फाइल फाेटाे

काठमाडौं – राजधानीमा जारी एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेटको पहिलो क्वालिफायरमा मंगलबार ललितपुर प्याट्रियट्स र काठमाडौं किङ्स इलाभेनबीच प्रतिस्पर्धा हुँदैछ।  कीर्तिपुरस्थित टियु मैदानमा हुने खेल दिउँसो १२ः४५ बाट सुरु हुनेछ।

ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको ललितपुर अंकतालिकाको शीर्ष स्थानमा रहँदै क्वालिफायरमा प्रवेश गरेको थियो। ललितपुरले लिग चरणमा ५ खेलमध्ये ४ मा जित हात पारेको थियो। इपिएलको उद्घाटन खेलमा ललितपुर विराटनगर वारियर्ससँग ३ विकेटले पराजित भएको थियो।

तर, त्यसपछिका बाँकी ४ खेलमा भने ललितपुरले उत्कृष्ट पुनरागमन गर्दै सबैमा जित निकालेको थियो। त्यस्तै काठमाडौंले सोमबार भएको खेलमा विराटनगर वारियर्सलाई ६ विकेटले पराजित गरेपछि भैरहवा ग्लाडीयटर्सलाई पछि पार्दै क्वालिफायरमा स्थान बनाएको हो। काठमाडौंले पनि ५ खेलमध्ये ४ मा जित निकालेको थियो।

जारी इपिएलमा ललितपुर र काठमाडौं दोस्रो पटक आमने सामने हुन लागेका हुन्। लिगमा ललितपुरले काठमाडौंमाथि १० विकेटको फराकिलो जित हासिल गरेको थियो। आज जित हात पार्ने टोली फाइनलमा प्रवेश गर्नेछ। हार्ने टोलीले पनि अझैं एउटा मौका पाउनेछ। पराजित हुने टोलीले भैरहवा र चितवन टाइगर्सबीच हुने इलिमिनेटरको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

प्रकाशित: ३ पुस २०७५ ०६:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App