१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

स्वस्तिमाको ‘बुलबुल’ टिजर

काठमाडौं – नायिका स्वस्तिमा खडकालाई टेम्पो चालकको भूमिकामा प्रस्तुत गरिएको फिल्म ‘बुलबुलको टिजर युट्युव मार्फत संसारभर सार्वजनिक भएको छ।

फिल्मको पहिलो गीत ‘खुद्राखुद्री’ सार्वजनिक गर्दा बाटोमा नायक नायिकालाई नचाएको फिल्म युनिटले टिजरमा पनि दुई कलाकारलाई मात्र स्थान दिइएको छ। टिजरमा स्वस्तिमा र नवनायक मुकुन भुषाललाई मात्र देखाइएको छ।

फिल्ममा प्रायः चुलबुले चरित्र निभाउने स्वस्तिमाको रुप र हुलिया यो फिल्ममा दुरुस्तै आम टेम्पो चालिका युवतीको जस्तै देखिएको छ। नवनायक भुषालको अभिनय पनि स्वाभाविक र दमदार देखिएको छ। छोटो दृश्यमै दुवै कलाकारले फरक–फरक भाव र फरक रसमा सरल तर प्राकृतिक तवरले आफनो अभिनय कौशल देखाएका छन्।

आगामी फागुन ३ गते प्रेमदिवसको छेको पारेर प्रदर्शनमा आउने फिल्ममा विनोद पौडेलको निर्देशन छ। फिल्ममा अविरल थापाको लगानी छ। उनले हरेक १० दिनको अन्तरालमा रोचक र अनौठा प्रचार सामग्रीहरू सार्वजनिक गर्दै जाने बताए। फिल्मका कार्यकारी निर्माता रामराजा दाहाल हुन् भने छायांकन सुसन प्रजापतिले गरेका छन्।

फिल्ममा स्वस्तिमा र मुकुनका अलावा बुद्धि तामाङ, दीपक क्षेत्री, लक्ष्मी बर्देवा, एलिना कार्की, जोयश पाण्डे, उज्जवल अधिकारी, सृष्टि भट्टराईलगायतको अभिनय छ। फिल्ममा कोशिस क्षेत्री र उदगम परियारको संगीत छ।

प्रकाशित: ३ पुस २०७५ ०५:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App