८ वैशाख २०८१ शनिबार
अर्थ

टिभिएस जुपिटर क्लासिक अब अटम ब्राउनमा

काठमाडौं – नेपालमा टिभिएस स्कुटर र मोटरसाइकलको आधिकारिक वितरक जगदम्बा मोटर्सले उक्त ब्रान्डको जुपिटर क्लासिक अटम ब्राउन कलरमा बजारमा ल्याएको छ। नयाँ जुपिटर क्लासिक यसअघि नै नेपाली बजारमा स्थापित र लोकप्रिय भइसकेको कम्पनीको दाबी छ। 

यस क्लासिक संस्करणमा सनलाइट आइभोरी बडी कलर, डिकल्स, इलिगेन्ट फुलक्रोम मिरर, क्रोम बास्केट, आर्कषक डिजाइन, स्मार्ट युएसबी चार्जर, आरामदायी दुईजना बस्न मिल्ने सिट लगायत सुविधा रहेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ। चालकलाई सुखद अनुभूति र उच्च गति प्रदान गर्ने टिभिएस जुपिटर सडकमा समेत निकै आर्कषक देखिने कम्पनीको भनाइ छ। 

यो स्कुटरको पूरै बडी आल्मुनियम भएको र ११० सिसी इन्जिनबाट उच्चतम शक्ति उत्पन्न गर्ने तथा निकै इन्धन किफायती रहेको कम्पनीको विज्ञप्तिमा उल्लेख  छ। 

चलाउन निकै सजिलो दाबी गरिएको यो स्कुटरमा टिभिएस प्याटेन्ट इकोमिटर जडान गरिएको छ। जसको सहायताले इको मोड र पावर मोड दुवैमा चलाउन सकिन्छ। इको मोडमा गुडाउँदा इन्धन निकै बचत हुन्छ। यसको मूल्य एक लाख ९८ हजार नौ सय छ। यो स्कुटर टिभिएसका देशभरका डिलरबाट खरिद गर्न सकिने कम्पनीले जनाएको छ। 

 

प्रकाशित: ३ पुस २०७५ ०२:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App