coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्य

भारत र चीनकालागि प्रस्तावित राजदूतको सुनुवाई प्रक्रिया स्थगित

फाइल तस्बिर ।

काठमाडौं–संसदीय सुनुवाई विशेष समितिले भारत र  चीनकालागि प्रस्तावित राजदूतको सुनुवाईको मिति अर्को सूचना जारी नभएसम्मकालागि स्थगित गरेको छ। बुधबार समितिले भारतकालागि प्रस्तावित राजदूत दीपकुमार उपाध्याय र चीनकालागि प्रस्तावित राजदूत लिलामणि पौडलमाथि परेका उजुरीमाथि छानविन गरेको थियो।

भारतका लागि प्रस्तावित राजदूत उपाध्यायका विरुद्ध तीनवटा उजुरी समितिमा परेपनि चीनकालागि  प्रस्तावित राजदूत पौडेल विरुद्ध भने कुनै उजुरी परेका थिएनन्। समितिले दुवै प्रस्तावित राजदूतको नाम अनुमोदनकालागि बिहीबार विहान साढे आठ बजे बैठक बोलाएको थियो।

तर समितिले बुधबार साँझ नै सूचना प्रकाशित गरी अर्को सूचना जारी नभए सम्मकालागि दुवै राजदूतको सुनवाई प्रक्रिया स्थगित गरेको जनाएको छ। भारतकालागि प्रस्तावित राजदूत उपाध्यायलाई यसअघिको सरकारले फिर्ता बोलाएको थियो भने चीनकालागि प्रस्तावित राजदूत पूर्वमुख्य सचिव हुन्।

समितिका सदस्य एवं भानुभक्त ढकालले सुनुवाइ प्रक्रिया स्थगित हुनकाे कारण अाफूहरूलाइ जानकारी नगराइएकाे बताए। उनले बुधबार साँझ सुनुवाइ समितिकाे बैठक स्थगित भएकाे जानकारी अाएपनि कारण भने नबताएकाे उनले जनाए।

 

प्रकाशित: १३ आश्विन २०७३ ०६:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App