६ वैशाख २०८१ बिहीबार
खेल

इपीएल विजेताले २५ लाख पाउने

काठमाडाैं - काठमाडौंमा जारी एभरेष्ट प्रिमियर लिग (इपीएल) को विजेताले ट्रफीसँगै २५ लाख पाउने भएको छ। प्रतियोगिता अघि पुरस्कार राशीको घोषणा नगरेको आयोजकले सोमबार प्रेस विज्ञप्ती जारी गर्दै प्रतियोगिताको उपाधि विजेताले पाउने रकम बारे खुलासा गरेको हो।

यस्तै प्रतियोगिताको उपविजेता टोलीले १० लाख प्राप्त गर्ने भएको छ। यस्तै उत्कृष्ट खेलाडीलाई टिभीएस अपाचे मोटरसाइकल प्रदान गरीने आयोजकले जानकारी दिएको छ। दोस्रो संस्करणमा आयोजकले विजेता टोलीलाई २१ लाख दिएको थियो। यो सिजनमा गत वर्षको पुरस्कार राशीमा ४ लाख वृद्धि गर्दै २५ लाख पुर्‍याइएको हो। गत संस्करणकाे उपाधि विराटनगरले जितेकाे थियाे। जारी तेस्राे संस्करणमा भने विराटनगर लिग चरणबाटै वाहिरिसकेकाे छ।

मंगलबार हुने प्रतियोगिताको पहिलो क्वालिफायरमा शिर्ष स्थानमा रहेको ललितपुर प्याट्रियट्स र दोस्रो स्थानको काठमाडौंबीच खेल हुनेछ। यो खेलको विजेता फाइनल प्रवेश गर्नेछ भने पराजित हुने टोलीले पुन: फाइनल प्रवेशका लागि इलिमिनेटर खेलको विजेतासँग दोस्रो क्वालिफायरमा विहिबार प्रतिष्पर्धा गर्नेछ। इलिमिनेटरमा भने भैरहवा ग्लाडियटर्स र चितवन टाइगर्सबीच बुधबार खेल हुनेछ। फाइनल खेल भने शनिबार हुनेछ। 

प्रकाशित: २ पुस २०७५ १२:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App