coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

नेकपा स्थायी समिति बैठकः पार्टी नेतृत्व र सरकारको कडा आलोचना

फाइल तस्बिर

काठमाडौं– राजधानीमा जारी नेपाल कम्युनिष्ट पाटी(नेकपा)को आज बसेको स्थायी समिति बैठकमा वक्ताहरुले पार्टी नेतृत्व र सरकारको कडा आलोचना गरेका छन्।

नेकपाका अध्यक्ष द्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले प्रस्तुत गरेको प्रतिवेदनमा सरकारको गतिविधि प्रभाकारी ढंगले देखापरेको, सिण्डिकेट अन्त्य भएको, तस्करको सञ्जाल नियन्त्रणमा ल्याइएको जस्ता उपलब्धी राखिएका थिए। तर यी उपलब्धीहरु व्यवाहारिक रुपमा हासिल नभएको, भ्रष्टाचार नियन्त्रण गर्न सरकार असफल रहेको भन्दै सरकारको आलोचना गरिएको हो।

आजको बैठकमा वरिष्ठ नेता बामदेव गौतम, घनश्याम भूषाललगायत १० वक्ताहरुले आफ्नो भनाई राखेको थिए। गौतमले आफ्नो फरकमतको प्रस्तावका आधारमा मन्तव्य राखेका थिए। भुषाललगायतका वक्ताहरुले सरकारका गतिविधि ले जनातामा निराशा बढाइरहेको भन्दै सरकार र जनताबीचको दुरी बढदै गएको धारणा राखेका थिए। 

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले आजको बैठकमा बोल्ने बक्ताले पार्टी नेतृत्व र सरकारको गतिविधि प्रति चरम असन्तुष्टि जनाएको जानकारी दिए। बैठकमा वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले भने सरकारको बचाउ गरेका थिए। अर्को बैठक भोलि विहान १०का लागि निर्धारण गरिएको छ। 

 

प्रकाशित: २ पुस २०७५ ११:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App