coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

लिभरपुलकाे उत्कृष्ट प्रदर्शनमा युनाइटेड पराजित

काठमाडाैं - इङ्लिश प्रिमियर लिग अन्तर्गत आइतबार राती भएका खेलमा लिभरपुल र साउथएम्पटन विजयी भएका छन्।

लिगमा उत्कृष्ट खेल पस्किरहेको लिभरपुलले अर्को बलियो प्रतिष्पर्धी म्यान्चेस्टर युनाइटेडलाई ३–१ ले पराजित गर्‍याे। लिगको एक्लो अपराजित टोली लिभरपुलले १४ औं जित निकाल्ने क्रममा आइतबार युनाइटेडलाई ३–१ ले पराजित गरेको हो।

लिभरपुलको जितमा सकिरीले दुई तथा सेडियो मानेले एक गोल गरे। पहिलो हाफको खेल एक एकको बराबरीमा सकिएपनि दोस्रो हाफमा युनाइटेडमाथि लिभरपुल हावी हुँदा ३ अंक जोड्न सफल भयो। पहिलो हाफको २४ औं मिनेटमा मानेले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएपनि त्यसको ९ मिनेटपछि नै युनाइटेडका लिनगार्डले बराबरी गोल गरेका थिए। तर दोस्रो हाफको ७३ औं र ८० औं मिनेटमा सकिरीको गोल मार्फत लिभरपुल विजयी भयो।

यस्तै आइतबार नै भएको अर्को खेलमा साउथएम्पटनले आर्सनललाई ३–२ ले पराजित गर्‍याे। साउथएम्पटनको जितमा डेनी इंग्सले दुई तथा चार्ली अस्टिनले एक गोल गरे। यस्तै आर्सनलका हेनरिकले २ गोल गरे। पहिलो हाफमा २–१ ले पछि परेपनि दोस्रो हाफको ५३ औं मिनेटमा बराबरी गोल गरेको आर्सनल खेल सकिन पाँच मिनेट अघि गोल खाँदै पराजित हुन पुग्यो।

प्रतियोगिता अन्तर्गत १७ औं चरणका खेल सकिदा ४५ अंक सहित लिभरपुल पहिलो स्थानमा रहेको छ भने ४४ अंक सहित म्यानचेस्टर सिटी दोस्रो स्थानमा र ३९ अंक सहित टोटनह्याम तेस्रो स्थानमा रहेको छ।

 

प्रकाशित: २ पुस २०७५ १०:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App