coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

गोविन्द केसीको आन्दोलन २ हप्ता सर्‍याे

काठमाडौं– चिकित्सा शिक्षा सुधारका लागि सत्याग्रही आन्दोलन गर्दै आएका डा. गोविन्द केसीको सत्याग्रही आन्दोलन २ हप्ता पछि सरेको छ। 

चिकित्सा शिक्षा ऐन पारित लगायतका सम्झौता कार्यान्वयनको माग गर्दै डा केसीले सरकारलाई पुस २ गतेसम्मको अल्टिमेटम दिएका थिए। माग पुरा नभए सत्याग्रहसहितको आन्दोलन शुरु गर्ने उनले पत्रकार सम्मेलनमार्फत घोषणा गरेका थिए। 

यसबीचमा संसदको शिक्षा तथा स्वास्थ्य समितिले चिकित्सा शिक्षा विधेयक अघि बढाउन समय लाग्ने जानकारी आएपछि डा केसीले पुस १७ गतेसम्मलाई आन्दोलन सारेका हुन्। 

‘संसदको शिक्षा तथा स्वास्थ्य समितिका तर्फबाट विधेयकलाई अघि बढाउन केही दिन समय लाग्ने भन्ने जानकारी हुन आएकाले सम्झौताबमोजिम विधेयक अघि बढाउन समितिलाई सहज होस् र हामीले राखेका बाँकी मागसमेत पूरा गर्न स्मरण गराउँदै घोषित सत्याग्रहलाई दुई साताले पछि सारेका छौं’, डा केसीद्वारा सोमवार जारी विज्ञप्तिमा भनिएको छ।  

डा केसीले विधेयकमा कुनै चलखेल भएर माथेमा कार्यदलको प्रतिवेदन, यसअगाडि दुई पटक जारी भएका अध्यादेश तथा बारम्बार भएका सम्झौताभन्दा प्रतिकुल हुने गरी चलखेल भएमा कुनै पनि बेला सत्याग्रह शुरु गर्ने चेतावनी समेत दिएका छन्।

‘हामीले यही मंसिर ११ गते जारी गरेको प्रेस विज्ञप्तिमा उल्लिखित सबै मागहरु पूरा नभएको खण्डमा यही पुस १७ गतेदेखि सत्याग्रहसहितको आन्दोलन शुरु गर्ने जानकारी गराउँछौं’, डा केसीले भनेका छन्। 

प्रकाशित: २ पुस २०७५ १०:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App