coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

लुइस श्रीलंकाली ब्याटिङ प्रशिक्षक

कोलम्बो – श्रीलंकाले आगामी वर्ष इङ्ल्यान्डमा आयोजना हुने  विश्वकपका लागि टोली बलियो बनाउने योजनाअन्तर्गत बिहीबार जोनाथन लुइसलाई ब्याटिङ प्रशिक्षकमा नियुक्त गरेको छ । यसअघि श्रीलंकाले गत साता अस्ट्रेलियाका स्टिभ रिक्सनलाई फिल्डिङ प्रशिक्षकमा नियुक्त गरेको थियो।

४३ वर्षे लुइस डुर्राम काउन्टी क्रिकेट क्लबका मुख्य प्रशिक्षक हुन् । उनले इङ्ल्यान्डबाट १३ एकदिवसीय र एक टेस्ट खेलेका थिए । २००६ मा उनले श्रीलंकाविरुद्धको खेलसँगै टेस्ट टोलीमा डेब्यु गरे पनि त्यसपछि भने टेस्ट टोलीमा स्थान बनाउन सकेनन् । लुइसले उक्त खेलमा २७ रन जोडेका थिए।

श्रीलंकाले यसै महिना न्युजिल्यान्डविरुद्ध हुने शृंंखलाबाट लुइसले जिम्मेवारी सम्हाल्नेछन् । श्रीलंकाले न्युजिल्यान्डविरुद्ध दुई टेस्ट, तीन एकदिवसीय र एक ट्वान्टी–२० शृंखला खेल्नेछ । त्यस्तै श्रीलंकाले जनवरी २४ बाट दुई टेस्ट शृंंखलाका लागि अस्ट्रेलियाको भ्रमण गर्नेछ।

श्रीलंका क्रिकेटका प्रमुख कार्यकारी अधिकृत एस्ले डी सिल्भाले लुइस रिक्सन जुलाईमा इङ्ल्यान्डमा हुने विश्वकप क्रिकेटसम्म टोलीसँगै रहने बताए । श्रीलंकाले पछिल्लो समय निरन्तर खराब नतिजा ल्याएको भन्दै आलोचित बन्दै आएको छ।

प्रकाशित: २ पुस २०७५ ०४:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App