coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

नेपाली महिला टोली थाइल्यान्ड जाने

काठमाडौं– नेपाली महिला टोलीले आसन्न आइसिसी महिला एसिया कप २०१९ को छनोटको अभ्यासका लागि थाइल्यान्ड भ्रमण गर्ने भएको छ ।
नेपाली महिला टोलीले अभ्यासका रूपमा थाइल्यान्डमा आयोजना हुने महिला ट्वान्टी–२० स्म्यास–२०१९ मा सहभागिता जनाउन लागेको हो  । थाइल्यान्ड क्रिकेट संघको आयोजनामा हुने प्रतियोगिता जनवरी १२ देखि १८ गतेसम्म चल्नेछ । १० टोली सहभागी रहने प्रतियोगितामा नेपालले समूह ‘बी’ मा तान्जानिया, इन्डोनेसिया, कुवेत र नामिबियासँग प्रतिस्पर्धा गर्नेछ । समूह ‘ए’ मा आयोजक थाइल्यान्ड, भुटान, हङकङ, मलेसिया र एस एल न्याभी छन् । समूहको शीर्ष दुई स्थानमा रहने टोली सेमिफाइनल प्रवेश गर्नेछन् ।
नेपालले पहिलो खेल जनवरी १२ मा तान्जानियासँग खेल्नेछ भने दोस्रो खेलमा जनवरी १४ मा नामिबियाको सामना गर्नेछ । त्यस्तै नेपालले तेस्रो खेलमा जनवरी १५ मा इन्डोनेसिया र अन्तिम खेलमा जनवरी १६ मा कुवेतको सामना गर्नेछ ।

 

प्रकाशित: २ पुस २०७५ ०४:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App