coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
कला

‘जेसुम यात्रा’मा कविता र क्यानभास

काठमाडौं – भक्तपुरको अनन्त लिंगेश्वरमा ‘जेसुम यात्रा’ शनिबार सम्पन्न भएको छ। कला, साहित्य र रंगमञ्चमार्फत सकारात्मक उत्प्रेरणा प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित तेस्रो संस्करणको कार्यक्रममा कवि, चित्रकार र रंगकर्मीले हाइकिङ गर्दै आफ्ना सिर्जना कोरेका थिए।

जेसुम संयोजक एवं कवि अनिता लामाले यात्राका लागि धुलिखेल, नगरकोट हु“दै अनन्त लिंगेश्वर छानिएको हो। ‘जेसुमको अर्थ सौन्दर्य, सामथ्र्य अथवा पहिचान पनि हो’, उनले भनिन्, ‘कला, साहित्य र रंगमञ्चमा हाम्रै वरिपरिको मौलिक विषयबस्तु, पात्रस“गै मौलिक विम्ब र प्रतीकको खोजी गर्ने अभियान पनि हो।’

शनिबार बिहानै चित्रकार, साहित्यकार र रंगकर्मीहरूको एउटा टोली ठिमीको शंखधर साख्वा चोकबाट हिँड्दै अनन्त लिंगेश्वर डाँडा पुगेको थियो। सहरकै पक्की सडकबाट थालिएको हाइकिङ टोली गाम्चाको खेतका गरा, बारीको डिल हु“दै तर्खगालचोकबाट अघि बढेको थियो।

टोलीमा कवि अनिता लामास“गै फूलमान वल, अनन्त वाग्ले, सुरेश हाचेकाली, सजनी नौबागे, बालकृष्ण बस्नेत, रमेश क“डेल, पुष्करराज साउ“तेली र स्थानिय कवि सहदेव न्यौपाने, श्रीराम न्यौपाने लगायत थिए। त्यस्तै चित्रकारहरूमा दीपेन्द्रमान बनेपाली, लालकाजी लामा, विक्रम प्रजापति, राजेन्द्र याकामी, झलक केसी, कान्छाकाजी भासिमा र प्रकाश मानन्धर थिए। उनीहरूले तर्खगाल चोकमा हरिया रुखका हा“गालाई सजेसनमा राखेर पुराना घरहरू क्यानभासमा उतारे। जलरंगमा उनीहरूले उतारेको दृष्यचित्र मनमोहक थिए।

चित्रकार र कविहरूले लाङटाङ, दोर्जे लाक्पा, गौरीशंकर, गणेश र मनास्लु हिमाल हेर्दै सिर्जना गरिहेका बेला सांसद एवं पुर्वमन्त्री महेश बस्नेत, सुर्य विनायक नगरपालिकाकी उपमेयर जुना बस्नेत, वडा अध्यक्ष उत्तम थापासमेत आइपुगेका थिए। सांसद बस्नेतले कुनै समय आफूले पनि ‘अनि मात्र सिंगो देश व्य“झिन्छ’ नाम नाटक लेखन, निर्देशन र अभिनय गरेको अनुभव सुनाउ“दै भक्तपुरमा सांस्कृतिक र वातावरणमैत्री विकासका लागि आफू लागिपरेको बताए। ‘पा“च वर्षपछि भक्तपुरमा मानिसहरू विकासको नमुना हेर्न आउनेछन्।’ कविताको पंक्ति सुनाउँदै उनले भने। बस्नेतले आफ्नो पुरानो नाटकको सानो भूमिका पनि प्रस्तुत गरे।

उपमेयर जुनाले आफ्नो भेकमा कलाकर्मी र साहित्यकर्मी सिर्जनाका विषयबस्तु खोज्दै आएकामा खुशी व्यक्त गरिन्। सकारात्मक उत्पे्ररणाको अभियानको रुपमा जेसुमलाई निरन्तरता दिने संयोजक अनिताले बताइन्।  

 

प्रकाशित: २ पुस २०७५ ०३:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App