१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

‘शुभ लभ’ फष्टलुक

काठमाडौं – फिल्म ‘शुभ लभ’को फस्टलुक सार्वजनिक भएको छ। फिल्मको सार्वजनिक फस्टलुकमा फिल्मका दुई मुख्य पात्र हरिहर अधिकारी र कृष्टिन पौडेललाई प्रस्तुत गरिएको छ। हरिहर युवा ज्योतिष पनि हुन्। यही फिल्ममार्फत हरिहर र कृष्टिन नेपाली फिल्ममा ‘डेब्यु’ गर्दैछन्।

फस्टलुकमा हरिहर र कृष्टिनको रोमान्टिक अवतारलाई प्रस्तुत गरिएको छ। बुद्ध इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्मका प्रस्तुतकर्ता प्रदीपकुमार उदय हुन्। चैत्र १५ गतेबाट प्रदर्शनमा आउने फिल्ममा पुराना निर्माता तथा निर्देशक सन्तोषबाबु लोहनीको निर्देशन छ। फिल्ममा धर्मराज शर्मा सुवेदीको लगानी छ।

फिल्ममा हरिहर र कृष्टिनका अलावा डाक्टर सुर्या थापा, सरोज खनाल, राजाराम पौडेल, राजा राजेन्द्र पोखरेल, रविन्द्र झा, प्रदीप बास्तोला, अनुज पाण्डेलगायतका कलाकारको अभिनय रहेको छ। फिल्ममा निर्माता तथा हल सञ्चालक प्रदीपकुमार उदय अतिथि कलाकारका रूपमा देखिँदैछन्।

फिल्ममा हरिहर अधिकारीको कथा, अभिमन्यु निरवीको पटकथा तथा संवाद, अर्जुन पोखरेलको संगीत, रामेश्वर कार्कीको छायांकन, रोशनविक्रम भट्टराईको द्वन्द्व, बनिष शाह र भुपेन्द्र अधिकारीको सम्पादन छ।
 

प्रकाशित: २ पुस २०७५ ०३:५१ सोमबार

शुभ_लभ फिल्म डेब्यु