६ वैशाख २०८१ बिहीबार
राजनीति

‘नेकपा फुटाएर जनयुद्धको कार्यभार पूरा गछौं’

काठमाडौं– नेकपा (माओवादी केन्द्र) का अध्यक्ष गोपाल किरातीले जनयुद्धका बाँकी कार्यभार पूरा गर्न सत्तापक्ष नेकपालाई फुटाउने चेतावनी दिएका छन्। आइतबार पार्टीको आठौं महाधिवेशनबारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै किरातीले पूर्वमाओवादीका तर्फबाट केही व्यक्ति बाध्यतामा परेर सत्तापक्ष नेकपा बनेको बताए।
जनयुद्धको कार्यभार दायित्वलाई भुलेर क्रान्तिको कार्यभार अधुरो छोडेर पुष्पकमल दाहालले क्रान्तिलाई धोका दिएको भन्दै उनले हिँजो नेता मानेकाहरु माओवादी सिद्धान्तलाई त्यागेर एमालेसँग विलिन भएको आरोप लगाए। उनले नेकपाका असली कार्यकर्ता आफ्नो पार्टीमा आउने र जनविद्रोह सम्पन्न गरिछाड्ने दाबी गरे।
दाहालभन्दा रामबहादुर थापा राष्ट्रवादी भएको भन्दै उनले थापालाई जनविद्रोमा आउन आग्रह गरिसकेको बताए। किरातीले राष्ट्रपति विद्यादेवी भण्डारीको विलासिताबारे जानकार रहेको र त्यो जनहितविपरीत भएको भन्दै आपत्ति जनाए। ‘जनताले खान लाउन पाएका छैनन्, राष्ट्रपतिलाई १८ करोडको गाडी चाहिने ? डेढ अर्बको हेलिकप्टर खरिद गर्ने निर्णय झनै सुहाउँदो भएन,’ उनले भने।

आगामी फागुन १ गते जनयुद्ध दिवसको अवसरमा पार्टीको आठौं महाधिवेशन सम्पन्न गर्ने किरातीले जानकारी दिए।
किराँतीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई धार्मिक दलालको आरोप लगाएका छन् ‘प्रधानमन्त्री तीन दिनसम्म विदेशी धार्मिक संस्थाको कार्यक्रममा गएर सुत्नुभयो, विवादित धार्मिक संस्थाको कार्यक्रममा यसरी राज्यको कार्यकारी व्यक्तिले भाग लिन पाइन्छ ?’ किरातीले प्रश्न गरे। अध्यक्ष किरातीले विप्लव र वैद्य माओवादीसँग आठौं महाधिवेसनपछि एकता गरिने स्पष्ट पारे। 

प्रकाशित: २ पुस २०७५ ०३:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App