coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

परराष्ट्रमन्त्री आज अमेरिका जाँदै

काठमाडौ – परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली उच्च स्तरीय भ्रमणका लागि आज अमेरिका प्रस्थान गर्दैछन्। उनी अमेरिकी विदेशमन्त्री मिसेल आर पम्पियोको निमन्त्रणामा अमेरिका जान लागेका हुन्। मन्त्री ज्ञवाली र अमेरिकी विदेशमन्त्री पम्पियोबीच मंगलबार वासिङटन डिसिमा भेटवार्ता हुनेछ।

दुई देशबीच १६ वर्षपछि परराष्ट्रमन्त्री स्तरीय भेटवार्ता हुन लागेको हो। तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुसको कार्यकालमा सन् २००२ जनवरीमा अमेरिकी विदेशमन्त्री कोलिन पावेलले नेपाल भ्रमण गरेका थिए। माओवादी सशस्त्र द्वन्द्व उत्कर्षमा पुगेका बेला विदेशमन्त्री पावेलले नेपाल भ्रमण गरेका थिए। त्यतिबेला नेपालमा सरकारको नेतृत्व शेरबहादुर देउवाले गरेका थिए। त्यसयता दुई मुलुकबीच औपचारिक रूपमा उच्चस्तरीय भ्रमण नभएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

परराष्ट्र मामलिाका जानकारहरू नेपालमा कम्युनिस्टले सरकारको नेतृत्व गरिहेका बेला परराष्ट्रमन्त्री स्तरिय भ्रमणका लागि अमेरिकाले निमन्त्रणा गर्नु सकारात्मक मान्छन्। ‘यो अमेरिकाले वाम सरकारसँग पनि सहकार्य गरेर अघि बढ्न तयार छौं भन्ने संकेत हो,’ परराष्ट्र मन्त्रालयका एक अधिकारीले भने। दुई पक्षीय भेटमा दुई देशका नागरिकबीच सम्पर्क स्थापना, पर्यटन विकास लगायतका विषयमा महत्वपूर्ण छलफल हुने जनाइएको छ।

भ्रमणका बेला मन्त्री ज्ञवालीले अमेरिकी विदेश मन्त्रीका अलावा ह्वाइट हाउस, युएसएआइडी, मिलिनियम च्यालेन्ज कर्पाेरेसनका उच्च अधिकारीहरुसँग पनि भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

प्रकाशित: २ पुस २०७५ ०३:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App