७ वैशाख २०८१ शुक्रबार
समाज

डा. केसीको समर्थनमा सभामुख निवास अगाडि प्रदर्शन

काठमाडौं–चिकित्सा क्षेत्रमा सुधारका लागि दवाव थप्न नवौं पटकको अनसनमा रहेका डा. गोबिन्द केसीको समर्थनमा बिहीबार राजधानीमा प्रदर्शन भएको छ।

सोलिडारिटि फर डा. केसी अलायन्सले बालुवाटारस्थित सभामुख ओनसरी घर्तीको निवास अगाडि १ घण्टा ब्यानरसहित प्रदर्शन गरेको हो।

बिहान साढे ८ बजेदेखि साढे ९ बजेसम्म प्रदर्शन गरिएको अलायन्सका अभियान्ता जीवन क्षेत्रीले जनकारी दिए। प्रदर्शनका क्रममा व्यापक प्रहरी परिचालन गरिएको थियो।

चिकित्सा क्षेत्रको सुधारका लागि निरन्तर भोक हड्ताल गर्दै आएका केसीले अख्तियार प्रमुख लोकमान सिंह कार्कीका विरुद्ध संसदमा महाअभियोग लगाउन माग गर्दै दबाव दिँदै आएका छन्।

‘महाअभियोगको प्रस्ताव अघि बढाउन दवाव दिने उद्देश्यले सभामुखको निवास अगाडि प्रदर्शन गरिएको हो।’ डा केसीका सहयोगी समेत रहेका क्षेत्रीले भने।

प्रकाशित: १३ आश्विन २०७३ ०५:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App