६ वैशाख २०८१ बिहीबार
अर्थ

राजस्व सचिवमा घिमिरे, ढुंगाना प्रधानमन्त्री कार्यालयमा

काठमाडौं – सरकारले राजस्व सचिव शिशिरकुमार ढुंगानालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सचिवमा सरुवा गरेको छ । ढुंगानाको ठाउँमा प्रधानमन्त्री कार्यालयबाट लालशंकर घिमिरेलाई ल्याइएको छ ।

ढुंगाना र घिमिरे दुवै लामो समयदेखि अर्थ मन्त्रालयमा अनुभव सम्हालेका कर्मचारी हुन् । सरकारले चालु आर्थिक वर्षमा ३४ प्रतिशत हाराहारीमा राजस्व वृद्धिको लक्ष्य राखेको र अहिलेसम्म असुली सन्तोषजनक भएको बेला ढुंगानाको सरुवालाई अनपेक्षित रुपमा लिइएको छ । सचिव ढुंगानाले आइतबार रमाना लिएको जानकारी दिए । 

ढुंगाना राजस्व सचिव भएको लामो समय भए पनि अहिले अर्थमन्त्री युवराज खतिवडासँग मिलेर काम गरिरहेको मन्त्रालयका अधिकारीहरु बताउँछन् । ‘अर्थमन्त्री खतिवडा र ढुंगानाबीचको सम्बन्ध नराम्रो भएको देखिएको थिएन,’ मन्त्रालयका एक अधिकारीले भने, ‘अहिले अचानक सरुवामा पर्नुभएको छ ।’

विगतमा अर्थ मन्त्रालयका सचिवहरुको सरुवा हुने खासै प्रचलन थिएन । अर्थको सचिव भएपछि मुख्य सचिव बन्ने वा सेवानिवृत्त हुने चलन थियो । पूर्वअर्थसचिव रामेश्वर खनालले राजीनामा दिएपछि भने अर्थका सचिवहरु सरुवामा पर्न सुरु गरेका हुन् । त्यो परम्परा अहिले पनि जारी छ । 

प्रकाशित: २ पुस २०७५ ०२:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App