काङ्ग्रेस महासमिति बैठक : पार्टीको बृहत्तर हित र एकतामा जोड

आइतबार, ०१ पुष २०७५, १९ : ३८ नागरिक

काठमाडौं - नेपाली काङ्ग्रेसको जारी महासमिति बैठकमा विभिन्न चार विषयका प्रतिवेदनमाथि महासमिति सदस्यले आआफ्ना धारणा राख्नेक्रम सुरु भएको छ।

शुक्रबारदेखि सुरु भएको महासमिति बैठकको बन्दसत्रमा राजनीतिक, साङ्गठनिक, समग्र आर्थिक नीति र पार्टीको आन्तरिक आर्थिक प्रतिवेदनमाथि छलफल सुरु भएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। शनिबार उद्घाटनपछि बन्दसत्र सुरु भएको हो।

उक्त प्रतिवेदनमध्ये राजनीतिक प्रस्ताव उपसभापति विमलेन्द्र निधिले शनिबार बैठकमा पेश गरेका थिए। अन्य तीन प्रस्ताव क्रमशः महामन्त्री डा शशांक कोइराला, सहमहामन्त्री डा प्रकाशशरण महत र कोषाध्यक्ष सीतादेवी यादवले अाइतबारै प्रस्तुत गरेका थिए। जारी बैठकमा बोल्ने महासमिति सदस्यले राजनीतिक प्रतिवेदनमा थप परिमार्जन गरेर जानुपर्ने धारणा राखेका प्रवक्ता शर्माले बताए। उक्त प्रतिवेदनमा पार्टीका सिद्धान्त र विचारका सम्बन्धमा गरिएका व्याख्या, अन्य दल र सरकारका सम्बन्धमा अभिव्यक्त धारणाका सम्बन्धमा महासमिति सदस्यले फरकफरक धारणा राखेका थिए।

साथै उनीहरुले पार्टीको साङ्गठनिक सुदृढीकरणका लागि काम गर्ने शैली र मूल्याङ्कन गर्ने परिपाटीमा सुधारको सुझाव दिएका थिए। काङ्ग्रेसले सङ्घीयता अनुसार पार्टीको विधानलाई परिमार्जन गर्न तयार गरेको विधान मस्यौदा प्रतिवेदनमा भने शीर्ष नेताबीच सहमतिको प्रयास जारी छ। शीर्ष नेताबीच सहमतिपश्चात् विधान मस्यौदाको प्रतिवेदन अर्का महामन्त्री पूर्णबहादुर खड्काले महासमिति बैठकमा पेश गर्ने बताइएको छ। विधान मस्यौदामा पदाधिकारी सङ्ख्या र पदाधिकारीको निर्वाचनबारे बहस जारी छ।

महासमिति सदस्यद्वारा पार्टीेको एकता र बृहत्तर हितमा जोड
बैठकमा सबै जिल्ला, निर्वाचन क्षेत्र, क्षेत्रीय, जातीयरुपमा प्रतिनिधित्व हुने गरी महासमिति सदस्यलाई बोल्ने व्यवस्था मिलाइएको प्रवक्ता शर्माले जानकारी दिए। महासमिति सदस्यले पार्टीको बृहत्तर एकता र हितमा जोड दिएका छन्।

महासमिति सदस्यलाई यसअघि प्रदेशगतरुपमा समूह विभाजन गरी छलफल गर्ने भनिए पनि हाल एउटै हलमा छलफल भइरहेको छ। काङ्ग्रेसले महासमिति सदस्यलई माइकमा बोल्नका लागि चार मिनेटको समय व्यवस्थापन गरेको छ। चार मिनेटमा स्वतः माइक बन्द हुने प्रविधिको व्यवस्था गरिएको प्रवक्ता शर्माले जानकारी दिए।

पार्टीले सबैका धारणा लिखित रिपोर्टिङ, श्रव्यदृश्य र श्रव्यसमेत सङ्कलन गरी सूचीबद्ध गरिरहेको र सोहीअनुसार सबैका भावना समेटिने गरी सबै प्रतिवेदन पारित गर्ने योजना बनाएको छ। बैठक पुस ३ गतेसम्म चल्नेछ। प्रवक्ता शर्माका अनुसार बैठकमा यसअघिका २४० निर्वाचन क्षेत्रबाट निर्वाचित महासमिति सदस्य, पार्टीको केन्द्रीय समिति, भ्रातृ र शुभेच्छुक संस्था, विदेशस्थित जनसम्पर्क समितिका प्रतिनिधि, मनोनीत महासमिति सदस्य, निवर्तमान केन्द्रीय सदस्य तथा पर्यवेक्षक गरी झण्डै एक हजार ७०० प्रतिनिधि सहभागी छन्।

महासमितिले एउटा महाधिवेशन समाप्त भई अर्को महाविधेशन प्रारम्भ नहुँदाको अवस्थामा केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यको निर्वाचनबाहेक महाधिवेशनको सबै कार्य गर्ने पार्टी विधानमा उल्लेख छ। त्यस्तै विधानको दफा २० मा महासमितिको साधारण बैठक प्रत्येक एक वर्षमा एकपटक हुने उल्लेख भए पनि विसं २०७२ मा सम्पन्न पार्टीको १३औँ महाधिवेशनपछि हुन लागेको यो पहिलो महासमिति बैठक हो। विधानअनुसार महाधिवेशन हुने वर्षमा भने महासमितिको बैठक हुँदैन।

काङ्ग्रेसकै नेृतत्वको सरकारमा जारी भएको नेपालको संविधान कार्यान्वयनका लागि काङ्ग्रेसकै नेतृत्वको सरकारले गरेका प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन पार्टीले नराम्रो पराजय भोगेपछिको अवस्थामा यो बैठक भएको छ। मुलुकका सबै ठूला राजनीतिक क्रान्तिको नेतृत्व गरेको काङ्ग्रेसको यो महासमिति बैठकलाई सर्वत्र निकै चासो र महत्वका साथ हेरिएको छ। पार्टीको महाधिवेशनपछिको सर्वोच्च निकाय महासमिति बैठक भएकाले यसले पार्टीको नीतिगत सुधार र पार्टीलाई नयाँ ऊर्जावान् बनाउने काङ्ग्रेसजनको अपेक्षा छ। रासस








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोले नेपालमा रेनो सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन रेनोटू एफ सार्वजनिक गरेको छ । ...

आइएमईमा डबलको डबलको डबल अफर

आइएमईमा डबलको डबलको डबल अफर

सेवाग्राहीद्वय सोमर तामाङ्ग र विशाल नगरकोटी दसैँमा आइएमईको डबलको डबलको डबल अफर अन्तर्गत पहिलो महिनाको विजेता घोषित भएका छन् ।

सिभिल बैंक लिमिटेडको शाखा अब मोरङको पुष्पलालचोकमा

सिभिल बैंक लिमिटेडको शाखा अब मोरङको पुष्पलालचोकमा

सिभिल बैंकले मोरङको जिल्लाको विराटनगर–०१, पुष्पलालचोकमा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन विराटनगर नगरपालिकाका नगर प्रमुख भिम पराजुलीले...

शिवम् सिमेन्टका उपभोक्तालाई चाँदी उपहार

शिवम् सिमेन्टका उपभोक्तालाई चाँदी उपहार

शिवम् सिमेन्ट्स लिमिटेडले हिन्दुहरुकोे महान पर्व तिहारको अवसर पारेर सम्पूर्ण ग्राहकहरुलाई दिपावलीको शुभकामना व्यक्त गर्दै “यो तिहार शिवमको"  साथमा, चाँदीको...

बाख्रापालनले उठायो ग्रामीण महिलालाई

बाख्रापालनले उठायो ग्रामीण महिलालाई

बाख्रापालन सुरु गरेपछि क्रमिक रुपमा आम्दानी हुँदै गयो । खर्च कटाएर एक वर्षमा रु तीन लाख जति आम्दानी भएपछि यतिखेर...

मनहरीमा दुई अर्ब लागतको कागज उद्योग

मनहरीमा दुई अर्ब लागतको कागज उद्योग

मकवानपुरको मनहरीमा प्रदेश नं ३ सरकारले दुई अर्ब रुपैयाँ लगानीमा कागज उद्योग स्थापना गर्ने भएको छ । ...

सुनको मूल्य सय रुपैयाँ घट्यो

सुनको मूल्य सय रुपैयाँ घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला ७० हजार ६ सय रुपैयाँ कायम भएको छ । ...

मनाङ एयरको नयाँ हेलिकप्टरबाट उडान सुरु

मनाङ एयरको नयाँ हेलिकप्टरबाट उडान सुरु

मनाङ एयर प्रालिले खरिद गरेको नयाँ हेलिकप्टरले व्यावसायिक उडान सुरु गरेको छ । ...

Ncell Footer Ad