७ वैशाख २०८१ शुक्रबार
समाज

एसपी रजौरे र डिएसपी शर्मा प्रदेशकै उत्कृष्ट प्रहरी

कालिकोट– कर्णाली प्रदेश प्रहरी कार्यालयले एसपी वसन्त रजौरे र डिएसपी विनोद शर्मालाई उत्कृष्ट प्रहरी पुरस्कार प्रदान गरेको छ। 

आफू खटिएको कार्यक्षेत्रको शान्ति सुरक्षामा महत्वपूर्ण योगदान पु-याएको भन्दै प्रदेश प्रहरी कार्यालयले जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख रजौरे र जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख शर्मालाई उत्कृष्ट प्रहरी पुरस्कार दिएको हो। पुरस्कार प्रदेश प्रहरी प्रमुख डिआइजी महेशविक्रम शाहले हस्तान्तरण गरेका थिए। 

सुर्खेतको प्रहरी प्रमुखको रुपमा एसपी रजौरेले शान्ति सुरक्षा कायम गर्न तथा अपराध नियन्त्रणका लागि जनताको चेतनको स्तर बढाउन विभिन्न कार्यक्रम सुरु गरेका छन्। जसको सकारात्मक प्रभाव परिरहेको प्रदेश प्रहरी कार्यालयको मूल्यांकन छ। 

त्यस्तै, कालिकोट प्रहरी प्रमुख शर्माले पनि विभिन्न सुरुवात गरेका छन्। उनको कार्यकालमा सेवाग्राहीको काम १० मिनेटभित्र गर्ने, कर्णालीका ५ जिल्लामै पहिलोपटक कालिकोट सदरमुकाम मान्मा बजारमा सीसी क्यामेरा जडान, महिला, दलित र बालबालिका सम्बन्धी घटनालाई कारबाहीका लागि पहिलो प्राथमिकता, सदरमुकामको प्रतिमा चौक, जिल्ला समन्वय समितिको खुलामञ्च, पिपल चौतारी लगायतका सार्वजनिक स्थानहरु रङ्गरोगन, बजार सरसफाई, सूचनामैत्री प्रहरी कार्यालय लगायतका कामको सुरुवात भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। 

प्रकाशित: १ पुस २०७५ ११:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App