काठमाडौं– चुच्चेपाटीस्थित केएल टावरले दसैंतिहारलाई लक्षित गर्दै उपहार योजना ल्याएको छ । सो योजनामा सहभागी हुनेले साप्ताहिक तथा बम्पर उपहारस्वरुप टेलिभिजन, वासिङ मेसिनदेखि मोटरसाइकलसम्म प्राप्त गर्नसक्ने छन् ।
दसैंमा केही नयाँ वस्तु तथा सेवा खरिद गर्ने उपभोक्तालाई प्रोत्साहित गर्दै मलको व्यवशाय प्रवद्र्धनका लागि उक्त योजना ल्याइएको बताइएको छ । उपहार कार्यक्रमका संयोजक हिरामणी तिमल्सिनाका अनुसार केएल टावरमा सामान खरिद गर्ने उपभोक्ताले कुपनमार्फत उपहार प्राप्त गर्नेछन् ।
दैनिक उपहारस्वरुप टिकट, सपिङ भौचर, जेडटिईका स्मार्टफोन, फुडकोर्टको लन्च कुपन उपहार रहेको कम्पनीले जनाएको छ । मलमा १ हजार रुपैयाँ बराबरको खरिदमा कुपनमार्फत सो योजनामा सहभागी हुनुपर्ने छ । उक्त योजना असोज १० देखि कात्तिक २७ गतेसम्म चल्ने विज्ञप्तीमा उल्लेख छ ।
प्रकाशित: १३ आश्विन २०७३ ०३:५५ बिहीबार