७ वैशाख २०८१ शुक्रबार
राजनीति

मन्त्री ज्ञवाली साेमबार अमेरिका जाँदै

फाइल तस्बिर

काठमाडाैं - पराराष्ट्र मन्त्री प्रदिप कुमार ज्ञवाली सोमबार अमेरिका प्रस्थान गर्ने भएका छन्। अमेरिका भ्रमणका क्रममा मन्त्री ज्ञवालीले त्यहाँका राज्य सचिव एच इ माइकल आर पोम्पेओसँग दुई पक्षीय हितका सम्बन्धमा १८ डिसेम्बरमा छलफल गर्ने भएका छन्। यस्तै सोहि दिन मन्त्री ज्ञवालीले राष्ट्रपति कार्यालय लगायत युएसएड र मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) का उच्च अधिकारीहरुसँग समेत छलफल गर्ने पराराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। मन्त्री ज्ञवाली सहितको टोली २१ डिसेम्बरमा स्वदेश फर्कने छ। 

प्रकाशित: १ पुस २०७५ ०९:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App