coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

रजनीकान्तको २.० को कमाई ७ सय करोड, चीनमा प्रदर्शनको तयारी

मुम्बई– सुपरस्टार रजनीकान्त र अक्षय कुमारको फिल्म २.० ले ७ सय करोड रुपैयाँको व्यापार गरेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार बलिउडकै सर्वाधिक महंगो (५४३ करोड–लागत) फिल्मले प्रदर्शनको २ हप्तामै ७ सय करोड रुपैयाँको आँकडा पार गरेको हो। फिल्म आज १८ औं दिनमा पनि प्रदर्शन भइरहेको छ।  

२९ नोभेम्बरमा रिलिज भएको फिल्मलाई चीनमा पनि प्रदर्शन गर्ने तयारी छ। चीनमा २०१९ को मे महिनामा यो फिल्म ५६ हजार स्क्रिन्समा प्रदर्शनमा आउनेछ। फिल्मले चेन्नईमा बाहुबली ३ को व्यापारको रेकर्ड तोडेको छ। एक दर्जनभन्दा बढी भाषामा प्रदर्शन भएको फिल्मले हिन्दी भर्सनमा मात्रै सय करोडभन्दा बढीको व्यापार गरेको छ। 

फिल्ममा मोबाइल रेडियशनको खतराबारे सन्देश दिन खोजिएको छ। रजनीकान्त यो फिल्ममा फरक फरक अवतारमा देखिएका छन्। 

प्रकाशित: १ पुस २०७५ ०९:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App