७ वैशाख २०८१ शुक्रबार
राजनीति

घरभाडा फिर्ता लैजान सांसद भट्टराईको अपिल

फाइल फाेटाे

ताप्लेजुङ – प्रतिनिधिसभाका सांसद योगेशकुमार भट्टराईले घरभाडावापत संसद सचिवालयले जम्मा गरिदिएको रकम फिर्ता गर्न संसद सचिवालयलाई आग्रह गरेका छन्।

उनले संसदीय क्षेत्रमा अनुभवको कमी तथा संसद सचिवालयका तर्फबाट अभिलेखको व्यवस्थापनमा भएको असावधानीका कारण आफ्ना नाममा संसद सचिवालयले घरभाडावापत रकम जम्मा गरिदिएको भन्दै यसप्रति दुःख व्यक्त गरेका छन्।

भट्टराईले आइतबार एक बिज्ञप्ती प्रकाशीत गरी घरभाडा बापत आफ्नो नाममा जम्मा भएको ९० हजार फिर्ता गर्न वा आउने महिनामा प्राप्त हुने पारिश्रमिकमा कट्टा गर्न संसद सचिवालयलाई आग्रह गरेका छन्। यो २०७४ फागुनदेखि २०७५ मंसिरसम्मको दश महिने अवधिको रकम हो।

बिज्ञप्तीमा उनले संसद सचिवालयले काठमाडौंमा घर भएका र नभएका संसद सदस्यहरूको विवरण फारम भराउँदा आफूले काठमाडौंमा आफ्नो घर भएको कुरा पहिले नै स्पष्ट रुपमा उल्लेख गरेको बताएका छन्।

भट्टराईले बिज्ञप्तीमा सचिवालयले मागेको विवरण उपलब्ध गराउँदा गराउँदै पनि घर भाडा लिनेको सुचीमा आफ्नो नाम प्रकाशीत भएको सुन्दा आश्चर्यमा परेको उल्लेख गरेका छन्। उनले लामो राजनीतिक यात्रा तय गरेर हिँडेकोले कुनै गैरकानुनी तथा गलत आचरणका कार्य नहुने प्रतिबद्धता समेत बिज्ञप्ती मार्फत व्यक्त गरेका छन्।

प्रकाशित: १ पुस २०७५ ०९:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App