८ वैशाख २०८१ शनिबार
समाज

बलात्कारको आरोपमा एक युवा पक्राउ

बलात्कारको आरोपमा प्रहरी पक्राउ गरेर सार्वजनिक गरेका मनोज ओली । तस्बिर : लोकेन्द्र/नागरिक

रुकुम – जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम)ले बलात्कारको आरोपमा एक युवालाई पक्राउ गरेको छ। जिल्लाको सानीभेरी गाउँपालिका–७ की १५ वर्षीया बालिका बलात्कारको आरोपमा प्रहरीले रुकुम (पूर्व)को भुमे गाउँपालिका–९ चुनवाङका २१ वर्षीय मनोज ओलीलाई पक्राउ गरी आइतबार (आज) सार्वजनिक गरेको छ।

गत मंसिर २८ गते गाउँबाट साथिको जन्ती गएका ओलीले बालिकालाई कोहिन नभएको बाख्रा बाँध्ने गोठमा लगेर जबरजस्ती करणी गरेको बालिकाको उजुरीमा उल्लेख रहेको प्रहरीले बताएको छ। जबरजस्ती बलात्कार गर्दा बालिका चिच्याएपछि आफन्तले थाहाँपाई प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम)का प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिए।

ओलीले सेल्फी खिचौं भनेर बालिकालाई गोठमा बोलाएको प्रारम्भिक अनुसन्धाबाट खुलेको उनले बताए। बालिका बलात्कार गर्ने युवालाई सोही दिनमै पक्राउ गरिएको डिएसपी खड्काले जानकारी दिए। पक्राउ परेका ओलीविरुद्ध जबरजस्ती करणीको मुद्दा दर्ता गरेर थप अनुसन्धान भइरहेको बताइएको छ।

यसैबीच रुकुम प्रहरीले पसल तोडफोड गरी चोरी गर्नेलाई पनि पक्राउ गरेको छ। जिल्लाको त्रिवेणी गाउँपालिका–६ झुल्नेटा बजारमा रहेको सुनचाँदी र इलेक्ट्रोनिक्स पसल चोरी गरेको आरोपमा रुकुम (पूर्व)का एक युवालाई पक्राउ गरिएको रुकुम (पश्चिम)का डिएसपी खड्काले बताए।

चोरीको आरोपमा रुकुम (पूर्व) पुथा उत्तरगंगा गाउँपालिका–५, हुकामका १९ वर्षीय विजय मल्ललाई नगद र विभिन्न सामाग्री सहित पक्राउ गरिएको प्रहरीले बताएको छ। उनको साथबाट नगद ५ हजार ८ सय ३५ का साथै ५ वटा मोबाइल सेट, एउटा क्यामेरा, नमस्ते र एनसेलका केही थान रिचार्ज कडा, घडी र ताला तोड्न प्रयोग हुने विभिन्न सामानहरु समेत बरामद गरिएको प्रहरी नाउप उपरिक्षक खड्काले जानकारी दिए। पक्राउ परेका मल्ल विरुद्ध नकबजनी चोरी मुद्दा दर्ता गरेर थप अनुसन्धान भइरहेको बताइएको छ। यि दुई पसलबाट भने दुई लाख ५० हजार बराबरको चोरी भएको आरोप लागेको प्रहरीले बताएको छ।

प्रकाशित: १ पुस २०७५ ०८:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App