७ वैशाख २०८१ शुक्रबार
खेल

सिम्खडालाई कर्पोरेट गल्फ उपाधि

काठमाडौं – आत्मराम सिम्खडाले शनिबार बाह्रखरी कर्पोरेट गल्फ प्रतियोगिताको उपाधि जितेका छन्। गोकर्ण गल्फ क्लबमा भएको एकदिने प्रतियोगितामा १० ह्यान्डिक्यापका साथ खेलेका सिम्खडाले ४१ स्टेबलफोर्ड स्कोरसहित उपाधि आफ्नो बनाएका हुन्। सिम्खडाले ट्रफी, गोल्डेन गल्फ बल र माउन्टेन फ्लाइटको टिकटसमेत प्राप्त गरे।

कुल ३८ स्कोर बटुलेका भरत बस्ताकोटी उपविजेता भए। उनले ४० हजारबराबरको गिफ्ट भौचर प्राप्त गरेका थिए। विजय श्रेष्ठ इनहासले ग्रसतर्पm उपाधि जित्दा ३६ ग्रस स्कोर बटुलेका थिए। उनले ट्रफीका साथै हिमालयन एयरलाइन्सबाट रिटर्न टिकट प्राप्त गरे। महिलातर्पm प्रतिमा शेर्पाले ३८ स्कोर बटुल्दै च्याम्पियन भइन्।

प्रतिमाले ट्रफीसँगै ३० हजारबराबरको गिफ्ट भौचर प्राप्त गरिन्। कुल ३४ स्कोर बनाएका साम डौब्लार्ड जुनियरतर्पm च्याम्पियन भए। उनले यती एयरलाइन्सबाट माउन्टेन प्राप्त गरेका थिए। महेशविक्रम कार्की सिनियरतर्पm च्याम्पियन हुँदा ३६ स्कोर बटुले। महेशले ३० हजारबराबरको गिफ्ट भौचर प्राप्त गरेका थिए।

मिथुन राईले लङ्गेस्ट ड्राइभ र ध्रुव थापाले क्लोजेस्ट टु दी पिनको अवार्ड जित्न सफल भए। दुवैले २० हजारबराबरको गिफ्ट भौचर प्राप्त गरे। विजय श्रेष्ठ इनहासले मस्ट बर्डिजको अवार्ड प्राप्त गर्दा सर्वाधिक पाँच बर्डिज प्रहार गरे। उनले पनि २० हजार बराबरको गिफ्ट भौचर जित्न सफल भए।

बाह्रखरी मिडिया प्रालिको आयोजनामा भएको प्रतियोगितामा कुल सय गल्फरले स्टेबलफर्ड तीन बाई चार ह्यान्डिक्याप फरम्याटमा प्रतिस्पर्धा गरेका थिए। प्रतियोगिताको विजेतालाई नेपाल प्रहरीका आइजिपी सर्वेन्द्र खनाल, सशस्त्र प्रहरी बलका आइजिपी शैलेन्द्र खनाल र बाह्रखरी मिडियाका अध्यक्ष प्रतीक प्रधानलगायतले पुरस्कृत गरेका थिए। 

प्रकाशित: १ पुस २०७५ ०४:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App