४ वैशाख २०८१ मंगलबार
समाज

जन्ती जाँदा बेपत्ता भएका वृद्ध मृत फेला

खोटाङ– खोटाङमा जन्ती गएका बेला बेपत्ता भएका वृद्ध चार दिनपछि मृत अवस्थामा भेटिएका छन्। दिक्तेल रूपाकोट मझुवागढी नगरपालि–७, देर्पाचिउरीडाँडा दुम्लीमा जन्ती गएका सोही नगरपालिका–२, सोल्मा बसेखाका ७८ वर्षीय गजुरमान राई शनिबार मृत फेला परेका हुन्।

तेस्रो साना सहरी खानेपानी आयोजना(दिक्तेल)का अध्यक्षसमेत रहेका राई दुम्लीकै च्याङ्सी खोलामा मृत भेटिएको नगर कार्यपालिका सदस्यसमेत रहेका स्थानीय गंगाबहादुर विश्वकर्माले बताए।
स्थानीयका अनुसार यही मंसिर २५ गते जन्ती बनेर दुम्ली गएका राई मंसिर २६ गते बिहानदेखि सम्पर्कविहीन भएका थिए। त्यहाँ राति २ बजे सुतेका राई भोलिपल्ट बिहान ओछ्यानमा नभेटिएपछि खोजी सुरु गरिएको थियो। सम्भावित स्थानहरूमा खोजी गर्दा उनी फेला नपरेपछि आफन्तले शुक्रबार खोजीका लागि खोटाङ जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका थिए। राति राँको बालेर हिँड्ने क्रममा भीरबाट लडेर राईको मृत्यु भएको प्रहरीले अनुमान गरेको छ।

प्रकाशित: १ पुस २०७५ ०२:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App