खानेपानीमा ‘राजनीति’

आइतबार, ०१ पुष २०७५, ०८ : २२ नगेन्द्र उपाध्याय

सुर्खेत- भेरी किनारको बस्ती भए पनि खानेपानीको चर्को समस्या भोग्दै आएका धोरेनीका ८५ घरधुरीका लागि गुर्भाकोट नगरपालिकाले अघिल्लो आर्थिक वर्ष खानेपानीको सर्भे डिजाइन गर्यो। गुर्भाकोट–१४ को लिसेबाट गुर्भाकोट–१३ को धोरेनीसम्म खानेपानी ल्याउन र घरघरमा वितरण गर्न ९२ लाख ३६ हजार रुपैयाँ खर्च लाग्ने सर्भे डिजाइनले देखायो। नगरपालिकाले चालू आर्थिक वर्षका लागि २६ लाख रुपैयाँ आयोजनाका लागि छुट्यायो। स्थानीयले लिसे खानेपानी आयोजनाका नामबाट उपभोक्ता समिति गठन गरे। पहिलो किस्ताबापत आठ लाख ५६ हजार रुपैयाँ नगरपालिकाले उपभोक्ता समूहलाई दियो। उपभोक्ता समितिले पाइप खरिद गरेर काम थाल्यो।
गत साता प्रदेशसभा सदस्य ठम्मरबहादुर विष्ट त्यहाँ पुगे। प्रदेश सरकारले छुट्याएको ६० लाख रुपैयाँबाट लिसे खानेपानी आयोजना अघि बढाउने निर्माण गर्ने भन्दै पुनः सर्भे प्रक्रिया थालियो। छुट्टै उपभोक्ता समिति गठन गरियो। एउटै आयोजना स्थानीय र प्रदेश सरकारबाट अघि बढाउँदा दुवै सरकारबीच समन्वय अभाव देखिएको मात्र होइन स्थानीय आयोजना नै नबन्ने हो कि भन्ने चिन्तामा छन्।

‘नगरपालिकासँग समन्वय गरेर काम गरेको भए चालू आर्थिक वर्षभित्रै सबैका घरघरमा पानीको धारा पुग्ने थियो। वर्षौदेखि हामीले भोग्दै आएको खानेपानीको समस्या समाधान हुन्थ्यो,’ स्थानीय खड्कबहादुर विश्वकर्माले भने, ‘तर योजनामा राजनीति भयो। पानीमा राजनीति गर्नु राम्रो होइन्।’ सांसद विष्ट उक्त खानेपानी आयोजनाका लागि योजना किताबमा बजेट परिसकेकाले त्यसलाई सदुपयोग गर्न खोजिएको बताउँछन्। नगरपालिकाको क्रमागत बजेटले खानेपानी आयोजना सम्पन्न हुन धेरै समय लाग्ने भएकाले प्रदेशबाट बनाउन खोजिएको उनले बताए। ‘आखिर जस्ले बनाए पनि त्यहाँका उपभोक्ताले नै पानी खाने हुन्,’ उनले भने, ‘कि नगरपालिकाले पर्याप्त बजेट छुट्याउनु प¥यो होइन् भने प्रदेशको बजेटबाट आयोजना बन्न दिनुपर्छ।’ उनले खानेपानी आयोजनाका लागि नगरपालिकाले छुट्याएको बजेट अरु ठाउँमा सदुपयोग गर्न सुझाव दिए। ‘नगरपालिकाले क्रमागत बजेटले आयोजना सम्पन्न हुन वर्षौ लाग्छ,’ उनले भने, ‘खानेपानी आयोजना प्रदेशबाट सम्पन्न गरौं, नगरपालिकाले छुट्याएको बजेट अरु ठाउँमा प्रयोग गरौं भन्ने मेरो चाहना हो।’ उनले प्रदेशसभा निर्वाचनअघि नै स्थानीयले खानेपानी समस्या समाधानका लागि आयोजना मागेको र सोहीअनुसार आफूले बजेट छुट्याउन लगाएको बताए।
नगरपालिकाले भने आयोजनामा प्रदेश सरकारले अनावश्यक हस्तक्षेप गरेको आरोप लगाएको छ। ‘हामीले सर्भे, स्टिमेट र डिजाइन सम्पन्न गरेर काम सुरु गरिसेको आयोजनामा डुब्लिकेसन गर्नु राम्रो होइन्,’ गुर्भाकोट नगरपालिका–१३ का अध्यक्ष मधु गुरुङले भने, ‘हामीले सुुरु गरेको आयोजना आफैं सम्पन्न गर्न सक्छौं।’ उनले नगरपालिकाले अघि बढाउन थालेको आयोजनामा प्रदेश सरकारले हस्तक्षेप गर्दा राम्रो सन्देश नजाने बताए। उनले नगरपालिकाले गठन गरेको उपभोक्ता समितिमार्फत काम गर्न आग्रह गरे पनि प्रदेश सांसद विष्टले नमानेको आरोप लगाए। ‘हामीले अहिले काम गरिरहेकै उपभोक्ता समितिमार्फत प्रदेश सरकारको बजेट सदुपयोग गरौं भनेकाथियौं,’ उनले भने, ‘उहाँले आयोजना डुब्लिकेसन गर्नु खोज्नुभयो।’





यसमा तपाईको मत

अन्य समाचार

“एन्ड्रोइडको विकल्प होइन होङमेङ्ग” - हुवावे

“एन्ड्रोइडको विकल्प होइन होङमेङ्ग” - हुवावे

एन्ड्रोइडको विकल्प मानिएको होङमेङ्ग स्मार्टफोनको लागि बनेको अपरेटिंग सिस्टम नै होइन ! ...

सर्टिफिकेट अफ ओरिजिन अब अनलाईनबाटै

सर्टिफिकेट अफ ओरिजिन अब अनलाईनबाटै

नेपाल चेम्बर अफ कमर्शले जारी गर्ने उत्पत्तिको प्रमाणपत्र (सर्टिफिकेट अफ ओरिजिन ) अब अनलाईन प्रणालीबाटै जारी हुने भएको छ ।

इन्डस्ट्रियल थर्मल प्रिन्टर बजारमा

इन्डस्ट्रियल थर्मल प्रिन्टर बजारमा

नेपालका लागि साटो कर्पोरेसन जापानको अधिकृत बिक्रेता बार कोड नेपाल इंकले सिएल फोर एनएक्स सिरिजको इन्डस्ट्रियल थर्मल प्रिन्टर नेपाली बजारमा...

अजोडको सभा सम्पन्न

अजोडको सभा सम्पन्न

निर्जीवन बिमा कम्पनी अजोड इन्स्योरेन्सको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता

व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक र उपाय सर्भिसेजबीच व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता भएको छ । ...

एनसिसी बैंकको सहयोग

एनसिसी बैंकको सहयोग

एनसीसी बैंकले भक्तपुरस्थित सानोठिमी प्राविधिक शिक्षालयलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । ...

काठमाडौं मेरिएट होटल सञ्चालन

काठमाडौं मेरिएट होटल सञ्चालन

मेरिएट होटलको फ्ल्यागसिप ब्रान्डको डेब्युसँगै राजधानीमा ‘काठमाडौं मेरिएट होटल’ सञ्चालनमा आएको छ । ...

टिभिएसले ल्यायो अन्तराष्ट्रीय रेस ट्रयाकमा मोटरसाईकल चलाउने योजना

टिभिएसले ल्यायो अन्तराष्ट्रीय रेस ट्रयाकमा मोटरसाईकल चलाउने योजना

नेपालको लागि टिभिएस मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले टिभिएस मोटरसाईकल ग्राहकहरुलाई लक्षित गरेर एक नयाँ योजना अपाचे रेस...

Ncell Footer Ad