coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

एलजीले ल्यायो आवाजले नियन्त्रण हुने टिभी

एलजीका प्रडक्ट इन्जिनियर मधुशंकर कामद आवाजले नियन्त्रण गर्न सकिने टेलिभिजनको विषयमा जानकारी दिँदै।  तस्बिर : अर्जुन पाख्रिन/नागरिक

काठमाडौं – सहरको हरेक घरमा टेलिभिजन सेट नजोडिएको कोठा नै हुन्न। पुरानो सेटबाट प्रविधिमैत्री डिजिटल टेलिभिजन भित्रिएपछि आफूले इच्छ्याएका च्यानल तथा कार्यक्रम सहजै हेर्न पाइन्छ। 

हातमा रिमोट भएपछि जुनसुकै च्यानल सहजै हेर्न सकिन्छ। टेलिभिजनको सेटिङमा गएर आफूलाई मन परेको एप्सहरु पनि सजिलै हेर्न सकिन्छ। यसका लागि रिमोट थिच्नु र घुमाउनु अनिवार्य छ। तर, अहिले नेपाली टेलिभिजनको क्षेत्रमा आवाजको माध्यमबाट सिधै आफूले चाहेको च्यानल हेर्न सकिन्छ भन्दा अधिकांशले नपत्याउन सक्छन्। 

अहिले बजारमा एलजी ग्रुपले आवाजको माध्यमबाट आफूले चाहेको कार्यक्रम हेर्न सक्ने प्रविधि भिœयाएको छ। एलजी ग्रुपले शुक्रबार डेमो सेसन गरेर सञ्चारकर्मीलाई उक्त प्रविधिको विषयमा जानकारी दिएको हो।  एलजी सुपर युएचडी टिभी थिंक आर्टिफिसियल इन्टेलिजेन्सीमा डेमो सेसन गरेको छ। एलजीले २०१८ मा नै उक्त टेलिभिजन भिœयाए पनि आवाजको प्रविधि भने हालसालै भिœयाएको एलजीका प्रडक्ट इन्जिनियर मधुशंकर कामदले जानकारी दिए। 

नेपालको टेलिभिजन क्षेत्रमा पहिलोपटक एलजीले आवाजले कन्ट्रोल गर्ने टिभी सेट भिœयाएको कामदको दाबी छ। उनले हातमा रहेको रिमोट थिच्दै भने– ‘म्युजिक।’ गीत बज्यो। फेरि उनले ‘युट्युब’ भनेपछि युट्युब प्ले भयो। एकैछिनमा उनले काठमाडौंको वेइदर भने। टेलिभिजन सेटमा काठमाडौंको तापक्रम प्ले भयो। 

टेलिभिजनले थिंक गरेर तत्काल सोधिएको विषयमा प्ले गर्छ। तर, आवाज भने दिँदैन। ‘हातमा रिमोट हुन्छ। यसलाई साउन्ड रेकर्डमा क्लिक गरेर बोल्नु पर्छ। आफूलाई कुन एप्स वा च्यानल हेर्ने हो,’ कामदले भने, ‘पुराना टिभीमा सेटिङमा गएर चाहेको च्यानल क्लिक गर्नुपर्ने थियो। अहिले जे चाहिएको हो, बोलेपछि टेलिभिजन स्क्रिनमा प्ले हुन्छ।’ 

हातको रिमोटबाटै टेलिभिजन सेटिङ, नेटवर्किङ सेटिङ, मौसमको जानकारी लिन सकिन्छ। टेलिभिजनमा भएका प्रोगाम सबै आवाजको माध्यमबाट प्ले हुन्छ। साथै प्रोगाममा नभएको च्यानल माग्यो भने लिंक दिएपछि यसमा क्लिक गरेर मात्रै उक्त च्यानल हेर्न सकिने कामदको भनाइ छ। 

साथै, सुतिरहेको ठाउँबाटै रिमोट थिचेर स्विच अफ भनेपछि टेलिभिजन अफ हुने सुविधा छ। उनका अनुसार टेलिभिजनमा यो प्रविधि इजी एक्सिस हो। नेपालको टेलिभिजन क्षेत्रमा एप्लिकेसन खोल्ने पनि एलजी नै हो।  

एलजीले अहिले उक्त प्रविधिको टेलिभिजनमा सुपर युके ४३ देखि ६५ इन्चको भित्र्याएको छ। यस्तै, एलके ५७०० टेलिभिजन सेट ४३ इन्चको छ। एलके ६१० सेट ३२ इन्चमा भित्रिएको छ। यस्तै, युके ६५०० भने ७५ इन्चको छ। 
उक्त प्रविधिको टेलिभिजनको मूल्य ६५ हजारदेखि करिब ६ लाख रुपैयाँसम्म पर्ने एलजीले जनाएको छ। एलजीले उक्त टेलिभिजन किस्तामा पनि खरिद गर्न सक्ने जानकारी दिएको छ। 

 

प्रकाशित: १ पुस २०७५ ०२:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App