८ वैशाख २०८१ शनिबार
राजनीति

प्रदेश स्तरीय वृद्धाश्रम निर्माण गर्छाै : मुख्यमन्त्री शाही

तस्बिर : नगेन्द्र/नागरिक

सुर्खेत - कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश राजधानी सुर्खेतमा सुविधा सम्पन्न वृद्धाश्रम निर्माण गरिने बताएका छन्। प्रदेश सरकारले चालू आर्थिक वर्षमा जेष्ठ नागरिकका लागि प्रयाप्त बजेटको व्यवस्था गरेको बताउँदै मुख्यमन्त्री शाहीले भने, ‘त्यसभित्र प्रदेश स्तरको वृद्धाश्रमको पनि हामीले कल्पना गरेका छौं।’

मुख्यमन्त्री शाहीले पछिल्लो पुस्ता र जेष्ठ नागरिकबीचको दूरी बढ्दै गएकोमा चिन्ता व्यक्त गरे। उनले जेष्ठ नागरिक प्रति उत्तरदायी बनाउन विद्यालय तहदेखि नै नैतिक शिक्षा दिनुपर्ने आवश्यकता औंल्याए। ‘प्रविधिले मानिसलाई एकात्मक मात्रै बनाएको छैन्, जेष्ठ नागरिकप्रति गरिने व्यवहारमै परिवर्तन ल्याइदिएको छ’ शनिबार प्रशान्ति वृद्धाश्रमको २० औं साधारणसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले भने, ‘जेष्ठ नागरिकप्रति पछिल्लो पुस्तालाई उत्तरदायी बनाउनका लागि नैतिक शिक्षा दिन जरुरी छ।’

उनले आश्रममा रहेका वृद्धवृद्धालाई सान्त्वना दिए। ‘तपाईहरुको पुस्ताले कम्तिमा छोरा–बुहारी र आफन्तको साथ पाउनु भएको छ’ उनले भने, ‘अव हामी भन्दा पछाडीको पुस्ताले यतिपनि साथ पाउँदैन्।’ उनले जेष्ठ नागरिकका साथै बालबालिका, अपाङ्गता भएका र घाइतेहरुको सुरक्षा, हेरचाह र शिक्षाको जिम्मा प्रदेश सरकारले लिने बताए। ‘अनाथ बालबालिकाका लागि आवास र शिक्षा, अपाङ्गता भएकाहरुका लागि सहयोगी, वृद्धवृद्धाका लागि आश्रम उपलब्ध गराउँछौं’ उनले भने, ‘प्रदेश सरकार सबै कर्णालीका जनताको अभिभावक भएकाले सोही अनुसारको दायित्व बहन गर्छ।

मुख्यमन्त्री शाहीले कर्णालीको समृद्धि र विकासका लागि सरकार गम्भीर रहेको बताए। उनले संघीयताको सुरुको चरण भएकाले जनताले आशा गरे अनुसार काम गर्न नसकेपछि सरकारले विस्तारै गतिलिँदै गएको बताए। उनले विगतमा जनताबाट कर लिने तर, त्यसको सदुपयोग नगर्ने परिपाटीले गरिवहरु झनझन गरिव बन्दै गएको र धनीहरु अझ धेरै धनी बन्दै गएको भन्दै अव यस्तो क्रम रोकिने बताए।

 

प्रकाशित: २९ मंसिर २०७५ १३:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App