coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

नागरिककर्मी बुढाथोकीलाई महानगर सुशासन पत्रकारिता पुरस्कार

काठमाडौं- काठमाडौं महानगरपालिकाले नागरिककर्मी खिलक बुढाथोकीलाई पुरस्कृत गरेको छ। महानगरको २४ औं स्थापना दिवसमा आयोजित कार्यक्रमको अवसरमा बुढाथोकी पुरस्कृत भएका हुन्।

महानगरले सुशासन पत्रकारिता पुरस्कार विधामा नगद ५० हजारसहित उनलाई सम्मान गरेको हो। बुढाथोकीले नागरिक दैनिकमा महानगर बिटमा कलम चलाउँदै आएका छन्। महानगरले बुढाथोकीसँगै महानगरको विषयमा कलम चलाउँदै आएका १० जना पत्रकारलाई पुरस्कृत गरेको हो। पुरस्कृत हुनेमा कान्तिपुरका दिपेन्द्र विष्ट, अनलाइनखबरका रवीन्द्र घिमिरे, बाह्रखरी अनलाइनका सुरञ्जन घिमिरे, सन्यक साप्ताहिकका सुगतरन्त सिन्धुकार, अन्नपूर्ण पोष्टका छेटू शेर्पा, नयाँ पत्रिकाका पुष्पा ढुंगना, उज्यालो एफएमका सिल्भिया राजोपाध्याय, एभिन्यूजका राम शुमक महतो र संस्थागत रुपमा नेवा एफएमलाई पुरस्कृत गरेको हो। पुरस्कृत हुने सबैलाई महानगर सुशासन पुरस्कार विद्यामा नगद ५० हजार सहित सम्मानपत्रबाट सम्मान गरिएको छ।

सम्मानित पत्रकारलाई उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले पुरस्कार प्रदान गरेका थिए।

 

प्रकाशित: २९ मंसिर २०७५ १२:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App