४ वैशाख २०८१ मंगलबार
अर्थ

नेप्से परिसूचक १७ अंक बढ्यो, १ अर्ब ६३ करोडको कारोवार

काठमाडौं– धितोपत्र बजारमा यस साता १ अर्ब ६३ करोड ६३ लाख ३९ हजार ५६० मूल्य बराबरको शेयर किनबेच भएको छ। नेपालस्टक एक्चेन्ज(नेप्से) परिसूचक साताभारमा १७ अंकले बढेको छ।

साताको पहिलो दिन ११ सय ३१.०७ विन्दुमा रहेको कारोबार मापक नेप्से परिसूचक १७ विन्दुले वृद्धि भई साताको अन्तिम दिन बिहीबारसम्म ११ सय ४८ दशमलब ७८ बिन्दुमा पुगेको छ। कारोवार रकम गत साताको भन्दा कम हो। गत साता २ अर्ब २२ करोड ३५ लाख ६८ हजार २२६ बराबरको शेयर कारोवार भएको थियो। 

नेप्सेका अनुसार आइतबार कारोबार मापक नेप्से परिसूचक १० दशमलब ८५ विन्दुले बढेर एक हजार १३१ दशमलब सात विन्दुमा पुग्यो । सो दिन कूल १५५ कम्पनीको सात लाख १४ हजार ६१८ कित्ता शेयर रु २२ करोड ३७ लाख २४ हजार ६८७ मूल्यमा खरीद बिक्री भयो। यस्तै सोमबार शेयरबजार १२ दशमलव ४९ विन्दुले वृद्धि भई एक हजार १४४ दशमलब १९ विन्दुमा पुग्दा १६३ कम्पनीको १२ लाख ६४ हजार ३४० कित्ता शेयर रु ४३ करोड ६७ लाख ५२ हजार ८५५ मूल्यमा खरीद बिक्री भए।

आइतबार र सोमबार बढेको शेयरबजार मङ्गलबार भने ३.०८ अंकले घटेर ११ सय ४१.१० विन्दुमा झ¥यो । सो दिन कूल १६४ कम्पनीको १२ लाख ८६ हजार ५७५ कित्ता शेयर रु ३८ करोड ३२ लाख ९३ हजार १२० मूल्यमा खरीद बिक्री भए। 
बुधबार भने बजार स्थिर जस्तै रह्यो। यस्तै साताको अन्तिम दिन बिहीबार कारोवार मापक नेप्से परिसूचक ७.६ अंकले बढेर एक हजार १४८.७८ विन्दुमा पुग्यो। सो दिन कूल १५४ कम्पनीको ९ लाख ९७ हजार ६७२ कित्ता शेयर  ३२ करोड ३७ लाख ५८ हजार ७४ मूल्यमा खरिद बिक्री भए। 

 

प्रकाशित: २९ मंसिर २०७५ १०:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App