४ वैशाख २०८१ मंगलबार
खेल

लेस्टर लयमा

पेरिस– आन्द्रे सुरलले खेलको अन्त्यतिर गोल गरेपछि बोरुसिया डर्टमन्डले च्याम्पियन्स लिग फुटबलमा मंगलबार रियाल मड्रिडलाई बराबरीमा रोकेको छ भने लेस्टर सिटीले लगातार दोस्रो खेल जितेको छ ।

प्रिमियर लिग च्याम्पियन लेस्टर डेब्यु च्याम्पियन्स लिगमै लगातार दोस्रो खेल जित्न सफल भएको छ । इस्लाम स्लिमानीले पहिलो हाफमा गरेको गोलमा लेस्टरले एफसी पोर्टोलाई १–० ले पराजित गरेको हो । अर्को इङ्लिस क्लब टोटेनह्यामले सिएसकेए मस्कोलाई १–० ले हरायो ।

साबिक विजेता रियाल दुईपटकसम्म अग्रता जोगाउन नसक्दा २–२ को बराबरीमा रोकिएको थियो । जसका कारण जर्मन भूमिमा रियालको खराब प्रदर्शनले निरन्तरता पाएको छ । बलियो समूह ‘एफ’ मा जिनेदिन जिदानको टोलीले १७ औं मिनेटमा क्रिस्टियानो रोनाल्डोको गोलबाट अग्रता लियो । गारेथ बेलले ब्याकहिल दिएको बलमा पोर्चुगिज सुपरस्टार रोनाल्डोले ९८ औं युरोपियन गोल गरेका थिए । तर डर्टमन्डका पिरे इमरिक औबामेयाङले ४३ औं मिनेटमा बराबरी गोल फर्काएका थिए ।

चोटमुक्त भएर फर्केका रियालका गोलकिपर केलर नाभासले राफेल गुइरिरोको फ्रिकिक पन्च गरे, तर उनको फर्काएको बलले आफ्नै टोलीका राफेल भार्नेसँग ठोक्किँदै पोस्टको दिशा लिएको थियो । सँगै रहेका औबामेयाङले अन्तिममा बल छोएकाले औपचारिक रूपमा गोल उनको नाममा रह्यो ।

भार्नेले ६८ औं मिनेटमा गोल गरेपछि रियालले दोस्रोपटक खेलमा अग्रता बनायो । तर, डर्टमन्डमाथि पहिलो जित नजिक पुगेको रियालविरुद्ध परिवर्तित सुरेलले बराबरी गोल फर्काउँदै टोलीलाई अंक दिलाएका थिए । ‘यसले खेलाडीलाई असर गरेको छ । हामी त्यस्तो नतिजाको हकदार थिएनौं,’ रियालका प्रशिक्षक जिदानेले भने, ‘अन्त्यमा त्यो खराब नतिजा नै चाहिँ होइन तर यसले खेलाडीलाई दुःख लाग्छ ।’

अहिलेसम्म जर्मन क्लबविरुद्ध ३० अवे खेलमा रियालले ४ खेलमात्र जितेको छ । बराबरीपछि समान ४ अंक जोडेका डर्टमन्ड पहिलो र रियाल अंकतालिकाको दोस्रो स्थानमा छन् ।

समूह ‘एफ’ कै अर्को खेलमा ब्रेन रुइज र बास डोस्टको गोलमा पोर्चुगलको स्पोर्टिङले पोल्यान्डको लेगिया वार्सलाई २–० ले हराएको छ । दुईपटकको युरोपियन च्याम्पियन पोर्टोलाई हराउँदै लेस्टरले शतप्रतिशत अंक बटुलेको छ ।

क्लबको कीर्तिमानी रकममा आबद्ध अल्जेरियन स्ट्राइकर स्लिमानीले २५ औं मिनेटमा रियाद महारेजको क्रसमा गोल गरेका थिए ।

‘आज केही गर्नुपर्छ भनेर मैले महारेज र स्लिमानी दुवैलाई भनेको थिएँ,’ लेस्टरका प्रशिक्षक क्लाडियो रानेरीले भने, ‘उनीहरूले त्यस्तै गरे एकजनाले पास निकाले, अर्काले गोल गरे । यो साँच्चै राम्रो भयो ।’ लेस्टरले अर्को खेलमा एफसी कोपनहेगनको सामना गर्नेछ । सोही रात कोपनहेगनले डेनिस टोली क्लब बु्रगलाई ४–० को फराकिलो अन्तरले हराएको थियो । सबै गोल दोस्रो हाफमा सम्भव भयो । स्टेफानो डेन्सविलले ५३ औं मिनेटमा आत्मघाती गोल गरेको खेलको ६१ औं मिनेटमा लुडवी अगुस्टिनसोनको पेनाल्टी रोकेका थिए । तर कप्तान थोमस डेलानी, फेडरिको सान्टान्डर र माथियस योर्गेसनले गोल गर्दै टोलीलाई फराकिलो जित दिलाए ।

समूह ‘इ’ मा पहिलो खेल मोनाकोसँग २–१ ले गुमाएको टोटेनह्यामले पुरागमन गर्ने क्रममा सिएसकेए मस्कोलाई हराएको हो । ह्यारी केन, मौसा डेम्बेले, इरिक डायर, डानी रोस र मोउसा सिसोको बिना उत्रेको माउरिसियो पोचेटिनोको टोलीले महŒवपूर्ण जित पाएको थियो । फर्ममा रहेका सन ह्युग मिनले ७१ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बनेको थियो । गत साता उनकै दुई गोलमा टोलीले प्रिमियर लिगमा मिडल्सब्रोलाई २–१ ले हराएको थियो ।

पोचेटिनोले भने, ‘यो हाम्रा लागि निकै महŒवपूर्ण अंक हो । हामी जित्नैपर्ने अवस्थामा यहाँ आएका थियौं ।’
हाभियर हर्नान्डेजको गोलमा ७३ औं मिनेटमा बायर लेभरकुसनले अग्रता लिएको खेलको इन्जुरी समयमा कामिल ग्लिकले बराबरी गोल फर्काए । २०१५ को उपविजेता युभेन्ट्सले समूह ‘एच’ मा पहिलो जित हासिल गर्ने क्रममा डिनामो जाग्रेबलाई ४–० ले निराश पा¥यो । 

मिरालेम जानिक र गोन्जालो हिग्विनले पहिलो हाफ तथा पाउलो डेबाला र डानियल अल्भेजले दोस्रो हाफमा गोल गरे। सोही समूहको अर्को खेलमा सेभियाले लियोनलाई १–० ले हरायो ।  फ्रान्सेली स्ट्राइकर विसम बेन यल्डरले दोस्रो हाफमा गरेको हेड गोलमा सेभिया विजयी भयो । टोलीले गोलअन्तर बढाउने मौका भने खेर फालेको थियो । लुसियानो भिट्टोले पेनाल्टी खेर फालेका थिए ।

प्रकाशित: १३ आश्विन २०७३ ०३:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App