coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

भवन बनेपनि दुतावासबाट भुक्तानी आएन

निर्माणको अन्तिम चरणमा पुगे पनि भुक्तानी नपाएको क्याम्पस भवन । तस्बिरः महेश्वर/नागरिक

उदयपुर – उदयपुरमा भारतीय दुतावासको सहयोगमा निर्माणाधिन नारद आदर्श शिक्षा क्याम्पसको २ तले पक्की भवन निर्माणको अन्तिम चरणमा पुगेपनि दुतावासले भुक्तानी नदिँदा ठेकेदार कम्पनीलाई मर्का परेको छ।

जिल्लाको चौदण्डीगढी नगरपापालिका ५ बसाहा बर्खेडाँडामा गत ०७३ चैत मसान्तमा सम्झौता गरेर निर्माण कार्य सुरु भएको २ तले पक्की भवनको काम ९० प्रतिशतभन्दा बढी सम्पन्न भइसकेपनि भुक्तानी भने ४० प्रतिशतभन्दा बढी हुन सकेको छैन्। सम्झौंता अनुुसार लगातार काम गरेपनि समयमा भुक्तानी नपाएपछि बाँकी काम सम्पन्न गर्न कठिनाई भएको निर्माण कम्पनी सगरमाथा कन्स्ट्रक्सन गाईघाटले जनाएको छ।

०७५ असार मसान्तभित्र सक्नेगरी सम्झौता भए अनुसार भवनको काम अन्तिम चरणमा पुगिसकेको भएपनि काम अनुसारको बील भुक्तानी नहुँदा समस्या भएको कन्स्ट्रक्सन सञ्चालक प्रेमबहादुर कार्कीले बताए। भवनको काम लगभग सबै सकिइसकेको र भ्mयालढोका तथा रंगरोगन मात्र बाँकी रहेपनि नियमानुसार भुक्तानी नपाउँदा समस्या भएको कार्कीले बताए। उनका अनुसार ०७४ असोजमा पहिलो किस्तावापत ७० लाख र ०७४ चैतमा दोस्रो किस्तावापत ७० लाख गरी १ करोड ४० लाख लिएयता बाँकी कामको भुक्तानी हुन सकेको छैन।

जिल्ला समन्वय समितिमार्फत दुतावासले दिनुपर्ने भुक्तानी नपाएपछि तोकिएको म्यादभित्र काम सक्न गाह्रो हुने उनले बताए। कार्कीले गत असारमै भुक्तानी लिन कार्य प्रगति विवरणसहित ७० लाखको बील पेश गरेकोमा अहिलेसम्म भुक्तानी नभएको बताए। उनले काम गरेको बील बमोजिम भुक्तानी नहुँदा पुँजी रनिङ गर्न नसकेपछि तोकिएको म्यादभित्र योजना सम्पन्न गर्न नसकिने चिन्ता बढेको बताए।

दुतावासले जिल्ला समन्वय समितिमार्फत कामको प्राविधिक रेखदेख गर्ने र उसैको सिफारिसमा भुक्तानी दिने नियम छ। सो अनुसार समन्वय समितिले कामको विवरणसहितको बील पेश गरेपनि दुतावासले भुक्तानीमा चासो नदिएको कार्कीले बताए। मूल्य अभिवृद्धि करसहित ३ करोड २८ लाख रुपैयाँको लागतमा निर्माणाधिन भवनको करवापतको ३९ लाख भने नेपाल सरकारले बेहोर्ने जनाइएको छ। बाँकी २ करोड ८९ लाख रुपैयाँ दुतावासले भुक्तानी दिनुपर्ने दुईपक्षीय सम्झौता भएको कार्कीले बताए।

भुक्तानीका लागि समन्वय समितिमा धाउँदा दुतावासले रकम निकासा नदिएको जवाफ आउने गरेको उनले बताए। दुतावासको सहयोगमा नारद आदर्श क्याम्पसका लागि कक्षा कोठा, पुस्तकालय, छात्रा–छात्र शौचालय र सभाकक्षसहितको सुविधासम्पन्न २ तले भवन निर्माणाधिन छ। तर, समयमा भुक्तानी नहुँदा छिमेकी मुलुकको महत्वपूर्ण सहयोगको अर्थ नरहने स्थानीय शिक्षाप्रेमी राजेश कार्कीले बताए। नियमानुसार भुक्तानी पाए तोकिएको म्यादभन्दा ६ महिना अगावै काम सकेर हस्तान्तरण गरिसक्ने योजना भएपनि भुक्तानी नपाएकै कारण काम ढिला भएको तथा लागत पनि बढेको कार्कीको भनाई छ।

जिल्ला समन्वय समितिका प्रमुख खड्ग परियारले भवनको कार्य प्रगति विवरणसहित कागजात संलग्न राखेर दुतावासलाई भुक्तानी मागिएको भएपनि निकासा नभएको बताए। उनले असार मसान्तभित्र निर्माण सम्पन्न भइसक्नेगरी काम भएको भएपनि भुक्तानी समयमा नभएकाले तोकिएको मितिभित्र भवन बन्न नसक्ने देखिएको बताए।
 

प्रकाशित: २९ मंसिर २०७५ ०९:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App