७ वैशाख २०८१ शुक्रबार
समाज

प्रहरी भवन निर्माणका लागि जग्गा दान

प्रहरी चौकीलाई दान गरेको जग्गाको लालपूर्जा हस्तान्त्रण गर्र्दै जग्गा दाता र गाउँपालिका अध्यक्ष तेम्बा गुरुङ ।

डोल्पा – डोल्पाको धो–तराप उपत्यकामा नेपाल प्रहरीलाई भवन निर्माणको लागि जग्गा दान गरिएको छ। विश्वको सबैभन्दा अग्लो मानव बस्ती रहेको धो–तराप उपत्यकामा इलाका प्रहरी चौकी र अस्थायी प्रहरी चौकीको भवन निर्माणका लागि स्थानीयले जग्गा दान गरेका हुन।

इलाका प्रहरी कार्यालयको लागि डोल्पो बुद्ध गाउँपालिका ३ को ताक्सीमा पाल्जाङ लामा र डोल्पो बुद्धकै वडा न. १ का सोनाम टाक्पा गुरुङले अस्थायी प्रहरी चौकीलाई जग्गा दान गरेका हुन्। प्रहरीको इलाका र अस्थायी प्रहरी चौकीको भौतिक संरचना निर्माणका लागि स्थानीय सरकारको पहलमा स्थानीयले जग्गा प्रदान गरेका हुन। प्रहरीलाई दान गरेको जग्गाको लालपूर्जा जग्गा दाताहरूले जिल्ला सुरक्षा समितिलाइ हस्तान्तरण गरेको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिए। 

माथिल्लो डोल्पामा भवन नभएकै कारण सुरक्षाकर्मी बस्दैनन् चोरीका घटना मात्रै नभएर स्थानीयले अन्य सुरक्षाको अनुभूति पनि गर्न पाएका छैनन्। बाह्रै महिना सुरक्षाकर्मी बसेमा माथिल्लो डोल्पाबासीले राज्यबाट हुने सुरक्षाको अनुभूति गर्न पाउने जग्गा दाता पाल्जाङ लामाले बताए।

भवन निर्माणका लागि २ करोड विनियोजन
माथिल्लो डोल्पामा पर्ने बस्तिमा सुरक्षा चुनौति हरेक वर्ष बढ्दै गएको भन्दै कर्णाली प्रदेश सरकारले धो–तराप उपत्यकामा प्रहरीको अत्याधुनिक भवन निर्माणको लागि २ करोड विनियोजन गरेको छ। आन्तरिक मामिला तथा कानुन मन्त्रालयले यस आर्थिक वर्ष भित्रमा धो मा प्रहरीको लागि अत्याधुनिक भवन निर्माण गर्न वजेट विनियोजन भइसकेको कर्णाली प्रदेशका कानुन मन्त्री नरेश भण्डारीले जानकारी दिए। सुरक्षा मात्रै नभएर तिब्बतसँग जोडिएको क्षेत्रपनि भएको कारण सिमा सुरक्षा प्रहरी चौकीका रुपमा पनि धो–तराप उपत्यकामा प्रहरीको अध्याधुनिक भवन निर्माण अनिवार्य रहेको मन्त्री भण्डारीले दाबी गरे।

भवन निर्माणको प्रक्रिया अगाडि बढाउन डोल्पालीको आग्रह
माथिल्लो डोल्पाको सुरक्षाका विषयमा हरेक वर्ष दर्जनौं पटक छलफल भइसकेको छ। तर, यसपटक स्थानीयले जग्गा प्रदान गरेपछि अब प्रदेश सरकारलाई छिटो भवन निर्मणको प्रक्रिया अघि बढाइदिन डोल्पोबुद्ध गाउँपालिकाका अध्यक्ष तेम्बा गुरुङले आग्रह गरे। आजसम्म त जग्गा थिएन अब हामीले जग्गा दान गरिसकेका छौं। प्रदेश सरकारले काम छिटो अघि बडावस् हामी सुरक्षा चुनौतिबाट पुस्तौ देखि पीडित छौं, अध्यक्ष तेम्बाले दुखेसो पोखे।

भवन निर्माण गर्दा बाह्रै महिना बस्न मिल्ने तरिकाले बनाइयोस् जसले गर्दा प्रहरीले खुसीखुसी माथिल्लो डोल्पाका अन्य स्थानीयतहमा पनि सेवा प्रदान गर्न सकुन, उनले सुझाब दिए। विश्वकै अग्लो मानब बस्ती रहेको धो–तराप उपत्यकामा जग्गा प्राप्त गर्नु सुरक्षाको लागि सौभाग्यको कुरा भएको प्रहरी नायव उपरीक्षक अबदेश बिष्टको भनाई छ।

प्रकाशित: २९ मंसिर २०७५ ०८:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App