८ वैशाख २०८१ शनिबार
राजनीति

पुनर्निर्माणमा बेलायती राजकुमारको चासो

लन्डन- बेलायतका राजकुमार विलियम्स डुक अफ क्यामब्रिजले भूकम्प पछि नेपालमा भैरहेको पुनर्निर्माणको बारेमा चासो व्यक्त गरेका छन्। राजकुमार विलियम्सले वेलायतका लागि नेपाली राजदूत  डा. दुर्गा बहादुर सुवेदीसँगको भेटमा नेपालको पुनर्निर्माणको प्रगतिको जानकारी  लिएका हुन्। शुक्रबार लन्डन स्थित रोयल मेलिटरि एकेडेमीमा भएको भेटमा राजदूत सुवेदीले नेपाल सरकारको तर्फबाट पुननिमार्णमा भैरहेको प्रगतिबारे जानकारी गराएका थिए।

राजकुमार विलियम्सले पुनर्निर्माणमा नेपाल सरकारले देखिएको सकृयताको प्रसंशा गर्दै  खुशी व्यक्त गरेका थिए।   भेटमा राजदुत डा. सुबेदीले भूकम्प पछि पुनर्निर्माण  पछि नेपालको पर्यटन क्षेत्रमा समेत उल्लेख्य प्रगति हुदैं गैरहेको जानकारी गराएका थिए।

नेपालमा महाभूकम्प गए लगत्तै भूकम्प पीडित नेपालीप्रति महारानी एलिजावेद द्वितीयको समवेदना सन्देश लिएर राजकुमार विलियम्स   भूकम्पमा ज्यान गुमाएकाप्रति श्रद्धान्जलि व्यक्त गर्न आफैं नेपाली दूतावास लण्डनमा  उपस्थित भएर शोक पुस्तिककामा हस्ताक्षर गरेका थिए।

दुई सय वर्ष  भन्दा लामो नेपाल–बेलायत कूटनीतिक सम्बन्धकै कारण प्राकृतिक विनासले नेपाल र नेपालीलाई पुर्‍याएको अपुरणीय क्षतिबारे बेलायती राजपरिवारले बेला बेलामा चासो  लिदै आएको छ। यसअघि   राजकुमार ह्यारी सन् ०१६ मा नेपालको भ्रमण गरि भूकम्पपीडितको अस्थायी पुनःस्थापना केन्द्र,  पाटन र भक्तपुरका ऐतिहासिक दरबार क्षेत्रको अवलोकन गरेका थिए।

 

प्रकाशित: २९ मंसिर २०७५ ०७:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App