coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

घ्याङफेदी मिनिट्रक दुर्घटना : मृत्यु हुनेको संख्या २० पुग्यो, १० जनाको सनाखत हुन बाँकी

नुवाकोट – नुवाकोटको घ्याङफेदीमा शुक्रबार साँझ भएको मिनिट्रक दुर्घटनामा मृत्यु हुनेको संख्या २० पुगेको छ। दुर्घटना हुँदा १८ जनाको घटनास्थलमा, १ जनाको उपचारको क्रममा अस्पताल लैजादै गर्दा बाटोमा र १ जनाको उपचारको क्रममा मृत्यु भएको हो।

मृत्यु भएकामध्ये १० जनाको सनाखत भएको छ। सनाखत हुनेहरूमा ४८ वर्षीय केनाम तामाङ, ३५ वर्षका आइते तामाङ, २५ वर्षीय रिभन तामाङ, २३ वर्षीय मंगले तामाङ, ५५ वर्षीय सेनगोन तामाङ, ६२ वर्षीय खम्सुङ तामाङ, ५५ वर्षीय टोकले तामाङ, २७ वर्षीय बिडिमाया तामाङ रहेका छन्।

उपचारको लागि काठमाडौं लैजाने क्रममा १८ वर्षीय रितेश पण्डितको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायव उपरीक्षक भिमलाल भट्टराइले बताएका छन्। यस्तै २४ वर्षीय शुकराम तामाङको उपचारको क्रममा काठमाडौंको शिक्षण अस्पतालमा मृत्यु भएको छ।

मृत्यु हुने बाँकी १० जनको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ। बा३ख ३९१३ नम्बरको मिनिट्रक दुर्घटना भएर घाइते भएका १४ जनाको काठमाडौंको बि.पि. स्मृति प्रतिष्ठान र टिचिङ अस्पतालमा उपचार भइरहेको छ। घाइते छिरिङ तामाङ, रामबहादुर तामाङ, साइला तामाङ, बिरिमायाँ तामाङ, बिरिमायााकी ९ महिनाको छोरी, शिरमिन्दु तामाङ, शावित्री तामाङ, मसिने तामाङ, मोजित तामाङ, बिरबहादुर तामाङ, लक्ष्मण तामाङ, चन्द्रबहादुर तामाङ, २६ वर्षका सुकुराम तामाङ रहेका छन्।

सिम्टाङमा आफन्तको मृत्यु भए पश्चात सस्कारमा सहभागी भएर गाउँ फर्कने क्रममा मिनिट्रक दुर्घटना भएको थियो। दुर्घटना ग्रस्त भएको मिनिट्रक सडकबाट ५ सय मिटर तल तादी खोलामा पुगेको छ। नेपाली सेनाको हेलिकप्टर अवतरण हुन नसकेपछि सांसद हितबादुर तामाङ डोरी मार्फत घटनास्थलमा आइपुगेका छन्।

घटनास्थलमा नै पोष्टमार्टम गरिने
घ्याङफेदीमा भएको मिनिट्रक दुर्घटनाबाट मृत्यु हुनेहरुको पोष्टमार्टम घटनास्थलमा नै हुने भएको छ। जिल्ला अस्पताल त्रिशुली ल्याएर पोष्टमाटम गरी अन्तिम सस्कारको लागि गाउँ लैजादा स्थानीलाई असहज हुने भएपछि पोष्टमार्टमको प्रबन्ध घटनास्थलमा नै मिलाइएको प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले बताएका छन्। पोष्टमार्टम गर्नको डा. उज्वल थोक्रा सहितको टोली घटनास्थलमा गइरहेका छन्।

प्रकाशित: २९ मंसिर २०७५ ०२:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App