६ वैशाख २०८१ बिहीबार
राजनीति

राज्य व्यवस्था समितिमा पत्रकारलार्इ निषेध

काठमाडौं - संसदको राज्य व्यवस्था समितिले काठमाडौं–तराई फास्ट ट्र्याकको विषयमा छलफल गर्दा सञ्चारमाध्यमलाई प्रवेश निषेध गरेको छ। प्रवेद निषेध गरेपछि समितिले फास्ट ट्रयाकको जेरो किलोमिटर खोकना र बुँगमतीबाट फर्सीखेल सार्ने मनसायको निर्देशन दिएको छ। ‘स्थानीयको सरोकारको विषयलाई न्यायोचित रुपमा अबिलम्ब सम्बोधन गर्दा खोकना र बुँगमती भन्दा फर्सीखेलमा राख्ने विषयमा ध्यान दिन भन्दै निर्देशन दिएको हो। स्थानीयले फर्सीखेलमा वा अन्य ठाउँमा सार्न समितिलाई सुझाव दिएका थिए।

समितिले बिहिबार रक्षामन्त्री र गृह मन्त्रीलाई डाकेर छलफल गरेको थियो। रक्षामन्त्री इश्वर पोखरेलले रक्षा मन्त्रालयसँग नभई भौतिक मन्त्रालय र नेपालीसेनासँग मात्र यसको सम्बन्ध भएको बताएका थिए।

फास्ट ट्रयाकको विषयमा छलफल भएपनि समितिले बिहिबार निर्देशन दिएको थिएन। शुक्रबार समितिले डिजास्टर मेनेजमेन्टको विषयमा पूर्व सांसद गंगालाल तुलाधरसँग छलफल गर्ने भन्दै सांसदलाई बोलाएको थियो।

सभापति शशी श्रेष्ठले बैठक सुरु भन्दा अघि नागरिकसँग भनिन् यस बैठकमा हामी अनौपचाकिर छलफल गर्ने छौ, कुनै एजेण्डामा हैन,।

उनी भित्र प्रवेश गरेपछि अन्य थुपै पत्रकार बाहिर बसेका थिए। समितिले कतिवेला बोलाउला भन्दै कुर्दै गर्दा पत्रकारले झण्डै तीन घण्टा विताएका थिए। तर, पत्रकारलाई कुनै सुचना नै नदिइकन समितिले बैठक गरेको थियो। पूर्व सांसद तुलाधरले ‘डिजास्टर मेनेजमेन्ट’को विषयमा एक घण्टा छलफल गरेपछि, समितिले फास्ट ट्रयाकको विषयमा छलफल गरेको थियो। पत्रकारभित्र पस्न खोज्दा मर्यादापालकलाई लगाएर घाममा बस्न भनिएको थियो। समिति सभापति श्रेष्ठले गत असोज ९ गतेको पहिलो बैठकदेखि नै पत्रकारहरुलाई पटक पटक बैठकमा प्रवेश रोक लगाउँदै आएकी छिन्। श्रेष्ठले निर्मला पन्त बलात्कार पछि हत्याको विषयमा छलफल गर्दा पनि पत्रकारलाई रोक लगाइएको थियो। अहिलेसम्म समितिले चार पटक पत्रकारलाई रोकेको छ। सभापति श्रेष्ठले भने पत्रकारलाई नरोकिएको दाबी गरिन्। ‘छलफलमा हिजो (बिहिबार) को छलफलका आधारमा निर्देशनको ड्राफ्ट गरेका हौं, उनले भनिन्।

प्रकाशित: २९ मंसिर २०७५ ०२:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App