अनुभूति

भाग्यले बाँचेकी उनी

शनिबार, २९ मङि्सर २०७५, ०७ : ४४ रत्न प्रजापति

यो वर्षको दसैं केही चिन्ता, केही तनाव, केही हतार र केही हताशमा बित्यो। परिवारका कुनै एक सदस्य विरामी पर्दा यस्तो चिन्ता, तनाव, हतार र हताश हुनेरहेछ। यो एकपटक मात्रै होइन धेरै पटकको अनुभव हो। तर, यसपालि अलि बेग्लै किसिमको चिन्ता, तनाव, हतार र हताशको अनुभव भयो। 

सबैलाई दसैंले छोप्दा हाम्रो परिवारलाई भने चिन्ताले छोप्यो। दसैंको फूलपातीकै दिन बिहानै बाको नाकबाट अत्यधिक ब्लिडिङ भयो। घरका सबैजना मिलेर जेजति जानेको विधि र तरिका थियो, त्यो अपनाएर प्राथमिक उपचार ग-यौं। मेरी श्रीमती विगतमा रेडक्रससँग आवद्ध भएकी हुँदा उनलाई प्राथमिक उपचारका बारेमा केही ज्ञान थियो। त्यही ज्ञानलाई उपयोग गरेर बाको प्राथमिक उपचार ग-यौं। केही बेरको प्रयासपछि बाको नाकबाट ब्लिडिङ हुन छोड्यो। 

असोज ३० गते फूलपातीको दिन यत्तिकै बित्यो। भोलिपल्ट महाअष्टमीको दिन। फेरि बिहानैदेखि बाको नाकबाट उस्तैगरी ब्लिडिङ हुनथाल्यो। अघिल्लो दिनजस्तै प्राथमिक उपचारमा स–परिवार जुट्यौं। तर, ब्लिडिङ रोकिएन। त्यसपछि हामी सबै अत्तालिन थाल्यौं। परिवारको सल्लाहअनुसार बालाई तत्काल नजिकको समिट अस्पतालमा लग्ने निधो ग-यौं र त्यहाँ लग्यौं। तर, त्यहाँ इमेर्जेन्सीका डाक्टरले त्यहाँ उपचार सम्भव नदेखेपछि अन्तै लग्ने सुझाव दिए। त्यहाँ सामान्य प्राथमिक उपचारपछि हतारहतार बालाई फेरि सिभिल अस्पताल लग्यौं। 

इमर्जेन्सीमा खटिएका डाक्टरहरूले बाको उपचार सुरु गरे। दसैं बिदा परेकाले ओपिडी सेवा बन्द थियो। र, सम्बन्धित डाक्टरहरू पनि थिएनन्। बालाई केही हुने हो कि ? हामी केही हताश भयौं। इमजेन्सीकै डाक्टरहरूले सबैभन्दा पहिला प्रेसर र ज्वरो नापियो। दुवै नर्मल देखिएपछि अन्य जाँचहरू सुरु भयो। धेरैथरी रगत जाँच र इसिजी गरिसकेपछि डाक्टरहरूले भने, ‘त्यस्तो खासै केही खराबी देखिएको छैन। अहिले ब्लिडिङ रोकिइसकेको छ। फेरि ब्लिडिङ भयो भने नजल प्याकिङ गर्नुपर्छ। अहिलेलाई आत्तिनुपर्दैन।’

डाक्टरहरूको यस्तो ढाडसले हाम्रो तनाव अलिकति कम भयो। फेरि पनि ब्लिडिङ भइहाल्छ कि भनेर केही बेर कु-यौं। डाक्टरहरूले घर गए पनि हुन्छ भनेपछि हामी घर फर्कियौं। 

महाअष्टमीको दिन पनि त्यत्तिकै बित्यो। महानवमीको दिन हामीले ढुक्कले दसैंको विधिविधान पूरा ग-यौं। किनभने त्यस दिन बालाई सन्चो थियो र आराम गरिरनुभएको थियो। 

कात्तिक २ गते विजयादशमीको दिन दसैंको विधिविधानपछि बिहानको साइतमै हामीले पनि घरमा सामूहिकरूपमा टीका लगायौं। घरमा केही रमाइलो वातावरण बन्यो। रमाइलोसँग खानपिन भयो। दुई दिनअघिका चिन्ता, तनाव, हतार र हताशलाई पनि बिस्र्यौं। 

राति करिब ९ बजेतिर फेरि बाको नाकबाट ब्लिडिङ सुरु भयो। घरमै प्राथमिक उपचार ग-यौं। तर, ब्लिडिङ रोकिएन। हामी फेरि अत्तालियौं। साढे ९ बजेतिर हतारहतार बालाई फेरि सिभिल अस्पताल नै लग्यौं। बिदा नसकिएकाले सम्बन्धित डाक्टरहरू उपलब्ध थिएनन्। इमर्जेन्सीका डाक्टरहरूले बिरामीको फाइल र रिपोर्ट हेर्नेबित्तिकै भने, ‘यहाँ त हामीले पहिला जे ग-यौं, त्यत्तिमात्रै गर्ने हो। उहाँलाई इएनटीको डाक्टरले नै हेर्नुपर्छ। त्यसैले वीर, टिचिङ अथवा केएमसी अस्पताल लग्नुस्। त्यहाँ रेजिडेन्ट डाक्टर हुन्छन्।’

त्यसपछि फेरि हतारहतार ट्याक्सी बोलाएर बालाई केएमसी अस्पतालको इमर्जेन्सीमा पु-यायौं। त्यहाँ प्राथमिक उपचारपछि ब्लिडिङ रोकियो। राति १ बजेतिर इएनटीको डाक्टर आएर हेरे। नाकको एक्सरे गर्न लगाए। रिपोर्टअनुसार केही खराबी छैन भने। मैले सोधेँ, ‘केही खराबी छैन भने यतिका दिनदेखि बारम्बार किन ब्लिडिङ भइरहेछ ?’
    
डाक्टरले भने, ‘८० प्रतिशत यस्तो केसमा किन ब्लिडिङ हुन्छ भन्ने थाहै हुन्न। भित्र नसा फुटेको हुनसक्छ। एकचोटि नाकको इन्डोस्कोपी गरेर हेर्नुपर्छ।’

त्यहाँ पनि ओपिडी बन्द भएकाले इन्डोस्कोपी सेवा उपलब्ध थिएन। भोलि फेरि जाने निधो गरेर हामी राति २ बजे घर फर्कियौं। यो बीचमा हामीले भोगेको चिन्ता, तनाव, हतार र हताशको व्याख्या गर्न सम्भव नै देख्दिनँ। जसले यस्तो भोगेका छन्, तिनले मात्रै यस्तो चिन्ता, तनाव, हतार र हताशको अनुभूति गर्न सक्छन्। अरू सबै दसैंको रमझममा रमाइरहेका बेला हामीलाई चाहिँ बिरामी बालाई लिएर अस्पताल धाउँदैमा ठिक्क भयो। सम्झेरै नरमाइलो लाग्यो।

धेरै बेरसम्म पनि ‘घर पुगेँ’ भन्ने खबर नआएपछि म आफैंले घरमा फोन गरेँ । छोरीले फोन उठाई र भनी, ‘ममी एक्सिडेन्टमा पर्नुभयो ।’ म खङ्रङ्ग भएँ । मुटुले ठाउँ छोडेजस्तो भयो । अनायासै मनमनै भगवान पुकार्न पुगेँ, ‘हे भगवान, तिमी यो कस्तो परीक्षा लिँदैछौ मसँग ? एकपछि अर्को समस्या किन आइरहेछ ?’

कात्तिक ५ गते सोमबार। बिहानै आमालाई फुड प्वाइजन भयो। प्राथमिक उपचारले काम गरेन। त्यसपछि उहाँलाई नजिकको समिट अस्पतालमा भर्ना ग-यौं। छोरी र भतिजी कुरुवा बसे।

त्यही दिन फेरि बाको नाकबाट ब्लिडिङ हुन थाल्यो। घर नजिकै बीपी नेत्र प्रतिष्ठान थियो। त्यहाँ इएनटी विभाग पनि छ। त्यसैले बालाई त्यहीँ लग्यौं। त्यहाँका डाक्टरले बाको नाकभित्रको नसा फुटेकाले अप्रेसन गर्न सुझाए। यसका लागि टिचिङ अस्पताल रिफर गरिदिए। सहयोगका लागि त्यहाँको डाक्टरलाई फोन पनि गरिदिए। बालाई ट्याक्सीमा हालेर हामी टिचिङतिर कुद्यौं। त्यतिखेरसम्ममा ब्लिडिङ भने रोकिइसकेको थियो। 

टिचिङमा इमर्जेन्सीका डाक्टरहरूले प्रारम्भिक जाँचपछि बालाई भर्ना गर्नुपर्छ भने। भर्ना ग-यौं। डाक्टर प्रशान्त त्रिपाठीले नाकमा ‘डढाउने’ काम गरे। ‘डढाउने’को अर्थ हामीले बुझेनौं। डाक्टरी शब्द होला भनेर चुप लाग्यौं। त्यसपछि बालाई आराम गर्न दियौं। ठाउँमा आइएको छ। अब केही आत्तिनुपर्दैन भनेर हामीले आफैंलाई ढाडस दियौं। म आफैं बाको कुरुवा बसेँ।

बेलुकी खाना र ओढ्ने–ओछ्याउने लिएर ज्वाइँसँगै उनी आइन्। हामीलाई खाना खुवाइन्। फर्किने बेलामा उनले लामो सुस्केरा हालिन्। बुबा र आमाको स्याहार गर्दागर्दै उनी निकै थाकिसकेकी थिइन्। उनी आफैंलाई पनि लो ब्लडप्रेसरको समस्या थियो। मैले उनको मुहार नियालेँ, निकै क्लान्त थियो। आँखा थाकेजस्ता र लोलाएजस्ता थिए। तर, मैले उनलाई केही भनिनँ। भन्ने होशै भएन। 

राति करिब पौने ८ बजे ज्वाइँसँगै उनी फर्किन्। म पनि औषधी लिन तल फार्मेसीसम्म सँगैँ निस्केँ। उनी ज्वाइँको स्कुटरमा फर्किन्। म औषधी लिएर वार्डमा फर्केँ।

धेरै बेरसम्म पनि ‘घर पुगेँ’ भन्ने खबर नआएपछि म आफैंले घरमा फोन गरेँ। छोरीले फोन उठाई र भनी, ‘ममी एक्सिडेन्टमा पर्नुभयो।’ म खङ्रङ्ग भएँ। मुटुले ठाउँ छोडेजस्तो भयो। अनायासै मनमनै भगवान पुकार्न पुगेँ, ‘हे भगवान, तिमी यो कस्तो परीक्षा लिँदैछौ मसँग ? एकपछि अर्को समस्या किन आइरहेछ ?’

तरुन्तै भान्जीको फोन आयो। मलाई लिन कोही आउँदै रहेछ। फोनमा भान्जीसँग उनलाई के–कस्तो छ भनेर सोध्न पनि सकिनँ। मेरो बोली नै फुटेन। 

एकैछिनमा भाइ र भान्जी आइपुगे। भाइको बाइकमा बसेर म राष्ट्रिय ट्रमा सेन्टरतिर हान्निएँ, जहाँ उनलाई राखिएको थियो। म पुग्दा उनी बेहोशीमै के–के बर्बराउँदै थिइन्। मलाई देख्नेबित्तिकै बररर आँसु झारिन्, केही बोलिनन्। मैले पनि आफूलाई समाल्न सकिनँ। मुटुमा भक्कानो फुट्यो। आँखा रसाए।

उनको दाहिने गाला निकै सुन्निएको थियो। आँखा छेउबाट रगत बगिरहेको थियो। निधारमा पनि चोट थियो। देब्रे हात र दुइटै घुँडामा पनि चोट थिए। के भएको थियो ? मलाई जान्ने उत्सुकता लाग्यो।

‘आफैं स्कुटरबाट खसेको रे।’ कसैले भन्यो। स्कुटर हाँक्ने ज्वाइँ अलि पर टोलाइरहनुभएको थियो। उहाँसित सोधेँ, ‘के भएको हो ज्वाइँसा’प ?’

‘खोइ, कसरी–कसरी भाउजु आफैं खस्नुभयो।’ उहाँले डराउँदै भन्नुभयो। उहाँ पनि डरले राम्रोसँग बोल्नसक्ने अवस्थामा हुनुहुन्थेन। त्यो अचानक भएको घटनाले उहाँलाई पनि निशब्द बनाइरहेकोे थियो।

‘भाग्यले बाँचेको हो।’ अस्पतालमा उपस्थित एक जनाले बोलेको सुनेँ। साँच्चै हो, उनी भाग्यले नै बाँचेकी हुन्। धेरैजनाको एकैथरी कुराले म उनी मुख्यरूपमा तीन कुराको भाग्यले बाँचेकी हुन् भन्ने निष्कर्षमा पुगेँ। 
    

त्यस्तो व्यस्त सडकको बीचमा गुडिरहेको स्कुटरबाट खस्नु र पछिपछि कुनै सवारीसाधान नआउनु नै पहिलो भाग्य हो। बीच सडकमा उनी स्कुटरबाट खसेको बेला पछिपछि कुनै सवारीसाधन आइरहेको भए जे पनि हुनसक्थ्यो। त्यो क्षणको कल्पना गर्दा अहिले मलाई कहालीलाग्छ। उनी स्कुटरबाट खस्नेबित्तिकै पछिपछि आइरहेको कुनै सवारीसाधनले कच्याक्क किचेको भए... ? धन्न त्यतिखेर पछिपछि कुनै सवारीसाधन आइरहेको रहेनछ। त्यसैले उनी बाँचिन्।


जहाँ दुर्घटना भयो त्यहाँ पहिल्यैदेखि गस्ती प्रहरीको गाडी तैनाथ रहेछ। दुर्घटना हुनासाथ प्रहरीले उनीलाई र घटना देखेर झन्डै बेहोसजस्तै भएको ज्वाइँलाई पनि आफ्नै गाडीमा राखेर तत्काल राष्ट्रिय ट्रमा सेन्टरमा पु-याएछन्। समयमा उद्धार हुँदा र समयमा उपचार हुँदा उनको स्वास्थ्यमा थप क्षति हुन पाएन। नत्र भने हामीकहाँ सडक दुर्घटना हुँदा घाइतेको उद्धार गर्नुभन्दा सेल्फी खिँच्न र तमासा हेर्नमा रमाउनेहरूको मात्रै भीड लाग्छ। कसैले घाइतेलाई उद्धार गर्ने र कुनै सवारीसाधनले बिरामीलाई समयमा अस्पतालसम्म पु-याइदिने चासो राख्दैनन्। प्रहरीको झन्झटमा परिएला भनेर यस्तो गर्ने गरिन्छ। यसरी समयमा उद्धार नहुँदा घाइतेको ज्यानमा तलमाथि पर्ने सम्भावना धेरै हुन्छ र यस्तो भएको पनि छ। उनी अपवादमा परिन्। किनभने प्रहरीद्वारा समयमा उद्धार भयो। त्यसैले उनी बाँचिन्।


उनी बेहोस भएर लड्नु नै अर्को भाग्य रहेछ। होसमा लड्दा वा खस्दा हातखुट्टा भाँच्चिने वा टाउको फुट्ने र शरीरका अन्य ठाउँमा गम्भीर चोट लाग्ने सम्भावना हुन्छ। डाक्टरकै भनाइअनुसार उनी बेहोस भएर खसेकाले ज्यानलाई खतरा हुन पाएन। मेरो विचारमा उनी थकाइले निदाएकी थिइन् अथवा बेहोस नै भएर लडेकी थिइन्। यी दुई सम्भावनामध्ये एउटाचाहिँ अवश्य भएको थियो। उनलाई लो ब्लडप्रेसरको पनि समस्या भएकाले बेहोस हुने सम्भावना पनि थियो। जे होस् निदाएर वा बेहोस भएर जसरी खसे पनि यसरी खस्दा शरीर लल्याकलुलुक हुने भएकाले जोडले भुइँमा नबजारिने हुँदा शरीरमा गम्भीर चोट नलाग्ने डाक्टरको भनाइले उनी निदाएर वा बेहोस भएर गुडिरहेको स्कुटरबाट खसेको कुरामा हामी विश्वस्त भयौं। उनी निदाएर वा बेहोश भएर खस्नु नै अर्को भाग्य भयो। त्यसैले उनी बाँचिन्।

दुःख एक्लै आउँदैन भन्ने भनाइ साँचो रहेछ। यो भनाइ मेरो जीवनमा पनि लागु भयो। तैपनि हिम्मत नहारी सबैको उपचारमा तल्लीन भइयो। यसमा आफन्त र साथीभाइको उत्तिकै सहयोग रह्यो। सबै सहयोगी हातहरूप्रति कृतज्ञ छु। अनि सन्जोगले एकैचोटि विरामी परेका तीनैजना सदस्यलाई हार्दिकतापूर्वक हेर्न आउने, अनि सान्त्वना र सहानुभूति प्रकट गर्नुहुने सबै प्रियजनप्रति पनि मैले मनमनै आभार व्यक्त गर्नु मैले आफ्नो कर्तब्य ठानेको छु। विरामीको स्याहारमा छोरीहरूले कुनै कसर बाँकी राखेका छैनन्। उनीहरूप्रति पनि आभारी छु। 

अहिले मेरो बा र आमासँगै उनी पनि स्वास्थ्यलाभ गर्दैछिन्। म भने आफ्नो नियमित कार्यमा सरिक हुन थालेको छु। 








यसमा तपाईको मत

अन्य समाचार

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्ट सरफेस डुवो र माइक्रोसफ्ट सरफेस नियो सार्वजनिक गरेर प्रविधिको जगतलाई आश्चर्य चकित पारेको छ ...

एप्पलले सोचेभन्दा धेरै आइफोन ११ को माग

एप्पलले सोचेभन्दा धेरै आइफोन ११ को माग

एप्पलको नयाँ आइफोन - आइफोन ११ को माग निकै उच्च रहेको छ ! ...

एनसेलको दशैं अफर

एनसेलको दशैं अफर

एनसेल प्रा.लि.ले आफ्ना ग्राहकहरुका लागि दशैं अफर ल्याएको छ । ...

वेस्टर्न युनियनको उपभोक्ता प्रवद्र्धन अफर

वेस्टर्न युनियनको उपभोक्ता प्रवद्र्धन अफर

रेमिट कम्पनी वेस्टर्न युनियनले नेपालमा सेप्टेम्बर १८ देखि नोभेम्बर १६सम्म साप्ताहिक ड्र र बम्पर लक्की ड्रमार्फत नगद पुरस्कार जित्न सक्ने...

कुमारी बैंकका सात शाखा थपिए

कुमारी बैंकका सात शाखा थपिए

कुमारी बैंकले एकै दिन सात शाखा उद्घाटन गरेको छ । ...

मुक्तिनाथद्वारा मृतकको ऋण मिनाहा र फिर्ता

मुक्तिनाथद्वारा मृतकको ऋण मिनाहा र फिर्ता

मुक्तिनाथ विकास बैंकले सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत बैंकको साना तथा लघुबैंकिङ कार्यालय बूढीबजारमा सदस्य रहेका विष्णुमाया बरालको मृत्यु भएकोले निजले उपभोग...

फोर्ड र महिन्द्रा सहकार्यमा

फोर्ड र महिन्द्रा सहकार्यमा

फोर्ड मोटर कम्पनी र महिन्द्रा एन्ड महिन्द्रा कम्पनीले संयुक्त रुपमा काम गर्ने गरी सम्झौतामा हस्ताक्षर गरेका छन् । ...

अब ए५०एसमा सामसङको प्रिमियम क्यामरा फिचर

अब ए५०एसमा सामसङको प्रिमियम क्यामरा फिचर

सामसङले हालै नयाँ डिजाइनको साथ ग्यालेक्सी ए५०एस प्रस्तुत गरेको छ। नयाँ ग्योलेक्सी ए५०एसमा अझै धेरै नवीनतम एवं आकर्षक विशेषताहरु समेटिएको...

Ncell Footer Ad