coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

राजापाक्षे पछाडी हट्ने संकेतसँगै श्रीलङ्कामा जारी संकट अन्त्य हुने अपेक्षा

तस्बिर : एजेन्सी

कोलम्बो - श्रीलङ्काका शसक्त नेता महिन्द्रा राजापाक्षे पछाडी हट्ने सङ्केत देखिएको छ। उनले प्रधानमन्त्रीको पदमा बसिरहँदा विवाद देखिएकाले त्यसबाट बाहिरिने तयारी गरेको राजापाक्षेका छोराले शुक्रबार बताएका छन्।

राजापाक्षेको यो तयारीसँगै श्रीलङ्कामा जारी सात हप्ता लामो शक्ति संघर्षको अत्य हुने अपेक्षा गरिएको अधिकारीहरुले बताएका छन्। राजापाक्षेका छोरा नामलले शनिबार राजापाक्षेले पद त्याग गर्ने संकेत गरे। “उहाँले देशको स्थायित्वका लागि यस्तो गर्न लाग्नुभएको हो,” नामलले भने।

श्रीलङ्काको सर्वोच्च अदालतले संसद विघटन गर्ने राष्ट्रपति मैत्रीपाला सिरिसेनाको निर्णय अवैधानिक रहेको फैसला गरेको भोलिपल्ट राजापाक्षे पुत्रको यस्तो भनाई आएको हो। राजापाक्षे पुत्रको भनाइले प्रधानमन्त्रीका रुपमा राजापाक्षेले अव कुनै अभ्यास र काम नगर्ने सङ्केत गरिसकेको छ। उनले सर्वोच्च अदालतको आदेशको विरुद्धमा उभिने अवस्था नरहेको निष्कर्ष निकालेको विश्लेषण समेत गरिएको छ।

सर्वोच्च अदालतका सात जना न्यायाधीशको संयुक्त इजलासले सर्वसम्मतरूपमा राष्ट्रपतिको संसद विघटन गर्ने निर्णय गलत भएको ठहर गरेको थियो। अदालतले संसद विघटन गरेर राष्ट्रपति सिरिसेनाले संविधानको उलङ्घन गरेको निष्कर्ष समेत निकालेकाे थियाे। राष्ट्रपति सिरिसेनाले अघिल्लो महिना संसद विघटनको घोषणा गर्दै निर्वाचनको मिति तोकेपछि त्यसका विरुद्धमा मुद्दा परेको थियो। राष्ट्रपति सिरिसेनाले तत्कालीन प्रधानमन्त्री रनिल विक्रमासिंघेलाई अपदस्थ गर्दै पूर्वराष्ट्रपति राजापाक्षेलाई प्रधानमन्त्रीमा नियुक्त गरेपछि श्रीलङ्कामा राजनीतिक सङ्कट शुरु भएको हो। 

प्रकाशित: २८ मंसिर २०७५ १५:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App