coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

गुलाटीकाे नयाँ शाे शनिबारदेखि

काठमाडाैं - कपिल शर्मा शो मा मशहुर गुलाटीकाे चरित्रबाट चर्चा कमाएका सुनिल ग्रोवरले नयाँ शो लिएर आएका छन्। 'कानपुर वाले खुरानाज' मार्फत उनी पुनः टेलिभजनमा देखा पर्दैछन्।

उनको नयाँ शो हरेक शनिबार र आइतबार राती नेपाली समय अनुसार पौनै १० बजेदेखि स्टार प्लसमा प्रशारण हुने छ। उनको यो नयाँ शो भिनाजु र सालीबीचको सम्बन्धमा आधारीत हुने बताइएको छ। सुनिल यो शो मा भिनाजु बनेर देखा पर्नेछन् जसका उनका ६ साली हुनेछन्। सुनिल यो शो मा दोहोरो भूमिकामा देखा पर्नेछन्। सुनिलले नयाँ शो आउने बारे जानकारी दिँदै आफुले दर्शकलाई बढी भन्दा बढी मनोरञ्जन दिने प्रयास गर्ने बताए।

कपिलसँगको मनमुटाब पछि उनले कपिल शर्मा शो छोडेका थिए। अहिले उक्त शो बन्द अवस्थामा रहेको छ।

 

प्रकाशित: २८ मंसिर २०७५ १५:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App