८ वैशाख २०८१ शनिबार
राजनीति

यो टिम पाँच वर्ष खेल्छ : मन्त्री यादव

फाइल तस्बिर

सिरहा - उद्योग वाणिज्य तथा आपुर्ती मन्त्री मातृका प्रसाद यादवले अहिलेको सरकारलाई सशक्त क्रिकेट टिमसँग तुलना गरेका छन्। शुक्रबार गोलबजार उद्योग व्यापार संघको कार्यक्रममा बाेल्दै मन्त्री यादवले,"यो टिम पुरा पाँच वर्ष खेल खेल्नेगरी मैदानमा उत्रेको छ। खेलाडी परिवर्तन हुन सक्छ तर टिमलाई पाँच वर्ष सम्म कसैले आउट गर्न सक्दैन।"

सरकार समृद्ध देश निर्माणको लक्ष्य चुम्न अघि बढिरहेको देख्दा विपक्षीहरु बिचलित भएको उनले बताए। मन्त्री यादवले भने,‘पहिला देश भत्काउनेहरुले यो सरकारलाई यो बिगार्यो त्यो बिगार्यो भन्न सुहाउँदैन।’ देशले पहिलो पटक स्थिर सरकार पाएकोले विकासमा बिरोध होईन सहयोग गर्न प्रतिपक्षलाई उनको आग्रह थियो।

समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य प्राप्त गर्न मधेसका युवाहरु स्वरोजगारतर्फ लाग्नुपर्ने बताउँदै उनले भने,‘मधेसमा अव वैदेशिक रोजगारमा होइन की उद्योग स्थापनातर्फ युवाहरुको आकर्षण बढाउनुपर्छ।’ कृषि उत्पादनको सम्भावना बलियो भएको प्रदेश २ को समृद्धिका लागि कृषि उद्योग, व्यवसायिक कृषि खेतीको वातावरण निर्माण हुनुपर्ने उनले बताए। देश बनाउन निजी क्षेत्रको भुमिका महत्वपूर्ण भएको उल्लेख गर्दै मन्त्री यादवले व्यपारीहरु उद्योग स्थापनातर्फ केन्द्रित हुनुपर्ने बताए।

प्रकाशित: २८ मंसिर २०७५ १३:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App