coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

जिल्ला प्रशासन कार्यालयबाट २४ घण्टे सेवा सुरु

रुकुम - धेरै जसो सरकारी कार्यालयमा बिहान १० बजेदेखी साँझ ५ बजेसम्म मात्र काम हुने गर्दछ। त्यो समयमा पनि धेरै जसो कर्मचारीहरु कार्यालय समयमा भेटिदैनन्। समयमा नै नागरिकका काम नगरेको गुनासो व्यापक रुपमा अहिले पनि आउने गर्दछ। कर्मचारीहरु कार्यालयको भन्दा पनि आफ्नो व्यक्तिगत काममा व्यस्त हुने गर्दछन्। त्यसले गर्दा सर्वसाधारणहरुले दुःख पाउँदै आयका कैयन उदाहरणहरु छन्।

तर केही सरकारी कर्मचारी यस्ता पनि हुन्छन् जाे नागरिकको सेवा नै आफ्नो जिम्मेवारी हो भन्ने ठानेर हरेक समय जनताकै काममा व्यस्त हुने गर्दछन्। त्यसै मध्येका एक हुन रुकुम (पूर्व) का प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मा। जिल्ला प्रशासन कार्यालयबाट सेवा लिनको लागि कुनै समय पर्खनु पर्दैन्। नागरिकलाई सेवा प्रदान गर्नको लागि आफुलाई राज्यले यहाँ खटाएकाले प्रकृया र कागजपत्र पुगेर आएकालाई २४ सै घण्टा सेवा उपलब्ध गराउन सुरु गरेको उनले बताए।

देशको कान्छो अर्थात ७७ औं जिल्लाको रुपमा मान्यता भएको रुकुम (पूर्व) भौगोलिक हिसाबले निकै विकट रहेको छ। ५ नम्बर प्रदेशको एक मात्र हिमाली जिल्ला रहेको यहाँका नागरिकले अब जिल्ला प्रशासन कार्यालयबाट २४ सै घण्टा सेवा पाउन थालेको बताइएको छ। गाउँबाट नागरिकता वा कुनै सिफारीसको लागि आएका सर्वसाधारणलाई जतिसक्दो छिटो सेवा प्रदान गर्नको लागि २४ घण्टे सेवाको सुरुवात गरिएको प्रमुख जिल्ला अधिकारी शर्माले बताए। ‘नागरिकको सेवाका लागि हामीहरुलाई राज्यले सम्पूर्ण व्यस्था गरेको छ,’ उनले भने, ‘तर सेवा प्रदान गर्न पनि समय सिमा तोक्दा समस्या हुने भएकाले २४ घण्टे सेवाको सुरुवात गरेका हौं।’ यसका साथै आफुहरुले प्रत्येक सार्वजनिक विदाको दिन गाउँमै पुगेर सेवा प्रदान गर्दै आएको प्रजिअ शर्माले जानकारी दिए।

सर्वसाधारणलाई सहज सेवा प्रदान गर्नको लागि हरेक सार्वजनिक विदाको दिन घुम्ती शिविर लिएर गाउँ पुग्ने गरेको उनको भनाई छ। भौगोलिक विकटता रहेको यहाँका नागरिक सदरमुकामसम्म आएर सेवा लिन समस्या हुने भएकाले सार्वजनिक विदामा आफुहरु गाउँ गाउँमा जाने गरेको उनले बताए।

अहिलेसम्म जिल्लाका विभिन्न ५ ठाउँमा पुगेर सेवा प्रदान गरेको बताइएको छ। गाउँमा ८५ वर्ष भन्दा बढीका नागरिकले समेत नागरिकता नपाएको फेला परेको प्रजिअ शर्माको भनाई छ। कात्तिक महिनाको अन्तिम शनिबार देखी सुरु गरिएको घुम्ति शिविर भुमे गाउँपालिकाको लुकुम, धर्मशाला, खावाङ, महत लगायतको ठाउँमा सञ्चालन भएको उनले जानकारी दिए। जिल्लाका सबै ठाउँमा पुग्दै नागरिकलाई सेवा दिने उद्देश्य रहेको उनले बताए।

 

प्रकाशित: २८ मंसिर २०७५ १२:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App